News Category 2079/09/24
चिसोले ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
शीतलहरबाट तीन दिनअघि निधन भएको तिलाठी कोइलाडी गाउँपालिका ४ मुसहर टोलका देवु सदाको परिवारलाई गाउँपालिकाले आइतबार राहत सामग्री प्रदान गरेको छ ।
गतबिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने राजकुमार सदाको चिसोको कारण मृत्यु भएको थियो ।
गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खानेतेल, दुई थानब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनीलाल मुखिया, वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले सो सामग्रीहरु हस्तान्तरण गरे । सो अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, काँग्रेस नेता शम्भुलाल देवसहितको सहभागिता रहेको थियो ।
मुसहर वस्तीका केही ब्यक्तीमा विहानैदेखि रक्सी खाने गलत प्रवृतिले निरन्तरता पाउदा समस्या उत्पन्न हुने गरेको हुँदा यस्तो प्रवृति त्याग्न समेत सो अवसरमा अध्यक्ष मण्डलले वस्तीका बासिन्दाहरुसँग आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ