News Category 2079/09/24
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई सम्मानसहित सिरक प्रदान
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
शीतलहर तथा चिसोबाट पीडित राजविराज १६ बोरियाका चार दर्जन भन्दा बढी बृद्धबृद्धालाई आईतवार सम्मानसहित सिरक प्रदान गरिएको छ ।
सोही वडा निवासी समाजसेवी इन्जिनीयर इन्द्रनारायण देव र उनकी धर्मपत्नी मिरा देवले आफ्नो ब्यक्तीगत खर्चमा चिसोबाट पीडित ५० जना बृद्धबृद्धालाई सम्मानसहित सिरक वितरण गरेका हुन् ।
सम्मानसहित सिरक पाउनेहरुमा ८० वर्षिय चानो सदा मुसहर देखि १ सय ३ वर्षिय बुद्धी सागर देव सम्मका जेष्ठ नागरिक छन् ।
चिसोको मौसमलाई मध्यनजर गर्दै जाडोका कारण कस्टप्रद जीवन यापन गर्न बाध्य विपन्न समुदायका ज्येष्ठ नागरिकलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले सम्मानसहित सिरक प्रदान गरिएको इ. देवले बताए ।
ज्येष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण कार्यक्रममा ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष बैजनाथ झा, वडाअध्यक्ष राम एकवाल यादव, जनता मेमोरियल माविका प्रधानाध्यापक रामानन्द सुनरैत यादव, पुर्व प्रधानाध्यापक जितेन्द्र ना.देव, समाजसेवी विश्वनाथ प्रसाद देव, स्वडेक संस्थाका कार्यक्रम संयोजक विनोद कुमार साह, पत्रकार मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ