News Category 2079/09/24
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
तीन दिन अघि चिसोले कठ्याँग्रिएर मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ का राजु भनिने राजकुमार सदाको घर पुगी प्रदेशसभा सदस्यहरुले जानकारी लिएका छन् ।
जनमत पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं.२ को क बाट निर्वाचित सतिश कुमार सिह र ख बाट निर्वाचित प्रदेश सभा सदस्य महेश प्रसाद यादव सहितको एक टोली आईतवार सदाको घरमा पुगी परिवारको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
४५ वर्षिय सदाको गत शुक्रवार चिसोले कठ्याँग्रिएर घर मै मृत्यु भएको थियो । उनको पत्नीको पनि एक वर्ष अघि मृत्यु भएको थियो । आमा बुवा दुबै गुमाएपछि सदा दम्पतीका ६ सन्तानको विचल्ली भएको खबर प्राप्त भएपछि आफुहरु पीडीत परिवारको अवस्था बुझ्न र सम्वेदना प्रकट गर्न सदाको घर पुगेको प्रदेशसभा सदस्यद्वय सिंह र यादवले बताए ।
सो अवसरमा प्रदेशसभा सदस्यद्वयले विपन्न परिवारका सदा दम्पतीका सन्तानहरुलाई सहयोगका लागी पहल गरिने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ