News Category 2079/09/24
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका २ का वडाअध्यक्ष रहमान मियाँलाई आइतबार जेल चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि उनलाई पूर्पक्षका लागि राजविराज कारगार चलान गरिएको हो ।
वडा अध्यक्ष रहमानमाथी लिखत कसुर तथा नागरिकता किर्ते मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
मुद्दा चलाए लगत्तै फरार रहेका वडा अध्यक्ष रहमानलाई तीन दिनअघि प्रहरीले राजविराजबाट पक्राउ गरेको थियो ।
डिएसपी सिंहका अनुसार वडा अध्यक्ष रहमानले सामाजिक सुरक्षा भत्ता बितरणमा सरकारी कागज र छाप किर्ते गर्नुका साथै एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बर प्रयोगमा ल्याई राज्य कोषको ८३ लाख ४१ हजार १ सय ८ रुँपैया हिनामिना गरेको पाइएपछि उनीमाथी लिखत कसुर तथा नागरिकता किर्ते मुद्दा चलाइएको थियो । मुद्दा दर्ता भए लगत्तै उनी फरार भएका थिए ।
उनी २०७४ सालको स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । सोही कार्यकालमा उनले सामाजिक सुरक्षा भत्तामा सरकारी कागज र छाप किर्ते गर्नुका साथै राज्य कोषको लाखौं रकम हिनामिना गरेका थिए । उक्त समयमै उनीसहित केही कर्मचारीमाथी मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता लगत्तै उनी प्रहरीको फरार सूचीमा थिए । फरारै अवस्थामा उनले २०७९ सालको स्थानिय निर्वाचनमा पुनः वडा अध्यक्षमा निर्वाचित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ