News Category 2079/09/25
दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ परेका छन् ।
कोठा भाडामा लिई हुण्डी कारोबार संचालन गर्दै आएका बोदेबर्साइन नगरपालिका ९ देउरी वस्ने ३२ वर्षिय राम विलास साह तेली र सोही नगरपालिका ७ वस्ने ५० वर्षिय मायानन्द झा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट श्रोत नखुलेको तथा हुण्डी कारोबार प्रयोजनका लागी भाडाको कोठामा लुकाई राखेको ५२ खाख ८९ हजार ५ सय रुपैया समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरशे सिंहले जानकारी दिएका छन् । साह र झाले भाडामा लिएको कोठको खाट, साहले बोकेको ब्याग र झाले बोकेको झोलाबाट गरी कुल ५२ लाख ८९ हजार ५ सय रुपैया बरामद भएको प्रहरीको भनाई छ ।
सुचना अधिकारी समेत रहेका डिएसपी सिंहले गोप्य सुचनाको आधारमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको संयुक्त टोलीले दुबै जनालाई आइतवार साँझ पक्राउ गरेको बताए ।
बोदेबर्साइन नगरपालिका ५ स्थित कौशल यादवको घरमा कोठा भाडामा लिई साह र झाले नेपाली रुपैयाको अवैध (डुण्डी) कारोबार गरिरहेको गोप्य सूचना पाएपछी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै सीआईवीको टोली यहाँ पुगेको डिएसपी सिंहको भनाई छ ।
नगदसँगै २ थान मोबाईल र हुण्डी कारोबार सम्बन्धि हिसाब किताब राखिएको ५ थान कपी समेत बरामद गरिएको तथा थप अनुसन्धानका लागी सोमवार ती दुबै जनालाई सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ