News Category 2079/09/25
दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ परेका छन् ।
कोठा भाडामा लिई हुण्डी कारोबार संचालन गर्दै आएका बोदेबर्साइन नगरपालिका ९ देउरी वस्ने ३२ वर्षिय राम विलास साह तेली र सोही नगरपालिका ७ वस्ने ५० वर्षिय मायानन्द झा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट श्रोत नखुलेको तथा हुण्डी कारोबार प्रयोजनका लागी भाडाको कोठामा लुकाई राखेको ५२ खाख ८९ हजार ५ सय रुपैया समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरशे सिंहले जानकारी दिएका छन् । साह र झाले भाडामा लिएको कोठको खाट, साहले बोकेको ब्याग र झाले बोकेको झोलाबाट गरी कुल ५२ लाख ८९ हजार ५ सय रुपैया बरामद भएको प्रहरीको भनाई छ ।
सुचना अधिकारी समेत रहेका डिएसपी सिंहले गोप्य सुचनाको आधारमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको संयुक्त टोलीले दुबै जनालाई आइतवार साँझ पक्राउ गरेको बताए ।
बोदेबर्साइन नगरपालिका ५ स्थित कौशल यादवको घरमा कोठा भाडामा लिई साह र झाले नेपाली रुपैयाको अवैध (डुण्डी) कारोबार गरिरहेको गोप्य सूचना पाएपछी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै सीआईवीको टोली यहाँ पुगेको डिएसपी सिंहको भनाई छ ।
नगदसँगै २ थान मोबाईल र हुण्डी कारोबार सम्बन्धि हिसाब किताब राखिएको ५ थान कपी समेत बरामद गरिएको तथा थप अनुसन्धानका लागी सोमवार ती दुबै जनालाई सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ