News Category 2079/09/28
लगातारको शितलहरले जनजीवन कष्टकर
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
केही दिन यता शितलहर चलेसँगै बढेको अत्याधिक चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ ।
मंगलवार यहाँ यो वर्ष कै सर्वाधिक चिसो महसुस गरिएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको चिसो हावाले स्थानीयको दैनिक जीवनयापन कष्टकर बनेको हो । मंगलवार यहाँको तापक्रम ८ देखी ९ डिग्रीमा झरेको मौसमविज्ञहरु बताउँछन । विहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चलह पहल निकै घटेको छ भने अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा,रुघाखोकीका विरामीको चाप बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
शितलहर बढेपछि बजारमा दाउरा बालेर आगो ताप्ने दुश्य जताततै देखिएको छ । चिसोबाट विषेश गरी अतिविपन्न, मुसहर र दैनीक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भईरहेका छन । मजदुरहरु काममा जान पाएका छैनन भने घरमै वस्नु पर्दा हातमुख जोर्ने समस्या भइरहेको तिलाठी कोइलाडी गाउँपालिका ४ का बैजु सदाले सुनाए ।
यस्तै गुनासो पोखे छिन्नमस्ता गाउँपालिका ३ का सत्यनारायण मुखियाले । “एकातीर शरीर ढाक्ने प्रयाप्त न्यानो लुगा छैन भने अर्काेतीर अत्याधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न समस्या भएको छ, उनले भने । उनले गाउँघरबाटै संकलित गरेको दउराको भरमा जाडो झेलिरहेको सुनाए ।
अतिविपन्न मुसहर तथा डोम समुदायले जाडो छल्न अधिकांश समय आगो तापेर वसिरहेका छन् । बाक्लो हुस्सुले भिजीविलीटी कम भएपछी पुर्वपश्चिम राजमार्ग सहित बजार र ग्रामिण क्षेत्रको भित्री सडकमा चल्ने सवारी साधन विहान र दिउसै पनि बत्ति बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारी साधन गुडाउन अनुरोध गरिरहेको छ ।
यता जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खाने कुरा खान र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ