News Category 2079/09/28
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
सप्तरीको सिमावर्तीहरु नाकाहरुबाट चामलको समेत तस्करी हुन थालेको पाइएको छ । प्रहरीले भारतीय बजारबाट खरिद गरी अबैध रुपमा भित्र्याइएको २ सय बोरा चामल नियन्त्रणमा लिएपछि चामलको पनि तस्करी हुन थालेको पाइएको हो ।
मंगलवार राती १० बजे तीर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारमा भारतीय बजारबाट भन्सार छली मे १ ख ३३९७ नम्बरको ट्रकमा लोड गरी ल्याउदै गरेको अवस्थामा २ सय बोरा चामल सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चामल तस्करी भईरहेको गोप्य सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको डिएसपी नरेश कुमार सिह नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय हनुमाननगरको संयुक्त टोलीले ट्रक सहित चामल नियन्त्रणमा लिएको हो ।
डिएसपी सिंहले अबैधरुपमा चामल भित्र्याउने ट्रक चालक सुनसरीगढी गाउँपालिका २ वस्ने ३२ वर्षिय देव कुमार चौधरीलाई पनि पक्राउ गरेको जानकारी दिए । ट्रक सहित बरामद चामलको कुल १४ लाख मुल्याङ्कन गरिएको तथा आवश्यक कारवाहीका लागी तिलाठी स्थित राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगतमा भारतीय सीमानाका हुदै थोरै परिमाणमा पान मसाला र किरानाका सरसमान अवैध रुपमा भित्र्याउने गरिएकोमा केही दिन यता चामलको समेत तस्करी हुन थालेको खबर आएपछि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ