News Category 2079/09/28
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
दुई साता देखी सप्तरीमा चलेको लगातारको शितलहर पछिल्ला ३ दिन यता अझै उग्र बन्दै गएको छ । बाक्लो हुस्सुसँंगै बढ्दै गएको चिसो सिरेटोका कारण जाडो उग्र बन्दै गएपछि जनजीवन निकै कष्टकर बन्दै गएको हो ।
सर्वसाधारण ३ दिन देखी बढेको अत्यधिक चिसोले झनै पिडीत बनेका छन् । विषेश गरी शरिर ढाक्ने न्यानो कपडा र ओढ्ने(ओच्छ्याउने नहुँदा विपन्न वर्ग बढी मारमा परेका छन् ।
चिसो कै कारण जिल्लाका निजी क्लिनिक तथा अस्पतालमा चिसोका रोगी बढेका छन् । चिसोका कारण हात खुट्टा सुन्निने, निमोनिया, दम, रुघाखोकी र श्वास प्रश्वास सम्बन्धि समस्या लिएर आउने विरामीको संख्या ह्वातै बढेको गजेन्द्र नारायण सिह अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।
विपन्न परिवार जाडो छल्न अधिकाँश समय आगो तापेर विताउने गरेका छन् । कडा घाम नलाग्दा मैलो भइसकेको ओढ्ने ओच्छ्याउने सुकाउन समेत नसकिएको तिलाठीकोईलाडी गाउँपालिका ४ सोमन सदाले सुनाए ।
यता चिसो ह्वातै बढेपछि जिल्लामा सिरक, डसना र न्यानो लुगाको कारोबार भने बढेको छ । राजविराजमा मात्रै अहिले ४ स्थानमा रुवा, पल्ला, कपडा, सबै स्थानीय बजारमा किनेर तत्कालै तयार गरी उपभोक्तालाई दिने काममा १ दर्जन भन्दा बढी सिलाई मजदुर खटिएका छन् ।
राजविराजका साथै भारतबाट समेत आएका ४÷५ जनाको समुहले सिरक, डसना तयार गरेर विक्री गर्ने गरेको राजविराज ९ का सिलाई मजदुर फिरोज आलमले बताए । उनले अहिले सिरक, डसनाको माग अत्याधिक भएकाले आफुहरुलाई भ्यान नभ्याई भएको समेत बताए ।
शितलहरबाट सर्वसाधारणलाई जोगाउन स्थानीय प्रशासन, विभिन्न पालिका र संघसंस्थाले दाउरा देखी न्यानो लुगा वितरण गर्ने गरेपनि त्यो प्रयाप्त नभएको विपन्न वर्गका अधिकाँश ब्यक्तीको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ