News Category 2079/09/28
बालबालिकालाई पोशाक वितरण

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ बनरझुलास्थित राजाजी आधारभूत विद्यालयका विद्यार्थीलाई विहिबार पोशाक वितरण गरिएको छ ।
बालविकास केन्द्रदेखि कक्षा ८ सम्मका सो विद्यालयका २ सय ४६ बालबालिकालाई सर्ट, पाइन्ट, सुइटर र जुत्ता प्रदान गरिएको हो ।
वडा कार्यालयले विनियोजित रकमबाट पोशाक वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिकका अध्यक्ष अरुण कुमार मण्डलले गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकता रहेकोले खस्किदै गएको शिक्षाको अवस्थालाई सुधार गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।
उनले बालबालिकाको शिक्षाको अवस्थामा सुधार ल्याउन अभिभावक समेत सचेत हुनु जरुरी रहेको उनको भनाई थियो ।
त्यस्तै सोही कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले शिक्षाको स्तरवृद्धिका लागि आफू लागि परेको बताउँदै आफ्नो वडाको चार वटै विद्यालयका बालबालिकालाई प्रत्येक बर्ष पोशाक वितरण गर्ने योजना रहेको जानकारी दिए ।
वडा अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित पोशाक वितरण कार्यक्रममा वडा सदस्यद्वय राजेन्द्र प्रसाद राय र हिरालाल साहु, सत्यनारायण मुखिया, नन्दकिशोर राय, देवराम शर्मा लगायतकाले मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ