News Category 2079/09/29
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
डाका मुद्दाका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ६ का ३८ वर्षिय संजय भन्ने संजिव कुमार चौधरी छन् ।
बि.स.२०६६ साल भदौं १५ गते सोही नगरपालिकाका गोसाई चौधरीको घरमा घरेलु हतियार देखाई संजिवसहितको एक समूहले सुन चाँदीका गरगहना र नगद समेत गरि लाखौंको सम्पत्ति लुटेर लगेका थिए ।
प्रहरीले चौधरीमाथी डाका मुद्दा अन्तरगत कारवाही प्रक्रिया चलाएपछि सप्तरी जिल्ला अदालतले २०७१ साल असार १७ गते ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उक्त घटनामा संलग्न रहेका अन्यको खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।
घटनापछि फरार रहेका संजिवलाई अघिल्लो दिन राती पक्राउ गरि शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेश अनुसार उनलाई कैद सजाय भुक्तानका लागि शुक्रबारै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ