News Category 2079/10/02
वडा नं. ६ द्वारा ठूलो परिमाणमा फाइबर सिरक वितरण
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
चिसोबाट प्रभावित विपन्न परिवारलाई राजविराज नगरपालिका वडा नं. ६ ले सोमबार आफ्नै कार्यालय परिसरमा ठूलो परिमाणमा फाइबर सिरक वितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी वडा भित्रका विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला, दलित तथा शारिरीक रुपमा अशक्त ३ सय ८० जनालाई फाईबर सिरक वितरण गरेको हो ।
कार्यक्रममा विपन्न समुदायका १ सय ९० बृद्धबृद्धा, १ सय ४५ एकल महिला र ४५ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई सिरक प्रदान गरिएको सो वडा कार्यालयले जनाएको छ ।
यस वर्ष कुनै पनि पालिका वा वडाले यस्त्रो ठूलो परिमाणमा सिरक बितरण गरेको यो पहिलो पटक हो ।
चिसो संगै वडाका विपन्न, असहाय, अशक्त बृद्धबृद्धाको जनजीवन थप कष्टकर बनाउदै लगेपछी उनीहरुलाई वडाको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गरिएको वडा अध्यक्ष शशी चौधरीले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी राजविराज नगरपालिकाकी कार्यवहाक नगर प्रमुख इसरत परविन, नगरपालिकाको स्थास्थ्य शाखाका प्रमुख निरंजन यादव, वडा अध्यक्ष चौधरी लगायतले उक्त सिरक चिसो प्रभावित विपन्न समुदायलाई वितरण गरेका थिए ।
विनोद चौधरीद्वारा संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद मनोज कुमार माझी, पत्रकार महासंघ शाखा सप्तरीका कोषाध्यक्ष नविन कुमार गुप्ता, वडा नंं ४ का अध्यक्ष दिनेश कुमार साह, वडा नं. ५ का अध्यक्ष बन्धु दास, वडा नं. ६ का सदस्य दिपक शर्मा, मो.जाहाँगिर, सोमिता सदा, लिला सरवरिया, वडा नं. ७ का सदस्य रामानन्द देव लगायतको समेतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ