News Category 2079/10/03
विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
पोखरामा भएको विमान दुर्घटनमा ज्यान गुमाएकाहरुको आत्मशान्तिको कामना गर्दै मंगलबार राजविराजमा दिपप्रज्वलन गरिएको छ ।
मंगलवार प्रेस सेन्टर नेपाल सप्तरी शाखाले राजविराजस्थित शहिद दशन चौकमा दीप प्रज्वलन गरेको हो ।
माघ १ गते माघे संक्रान्तिका दिन विमान दुर्घटनामा प्रेस सेन्टर नेपालका उपाध्याक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलसहित ७२ जनाले ज्यान गुमाएका थिए । उनीहरुको मृतआत्माको शान्तिका लागी दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको प्रेस सेन्टर सप्तरी शाखाका अध्यक्ष दिनानाथ यादवले बताए ।
दीप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, सेन्टरका मधेश प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य अवधेश झा लगायतको संचारकर्मी तथा नगरवासी सहभागी भएका थिए ।
यस अघि अघिल्लो दिन फोटो पत्रकार महासंघ सप्तरीका अध्यक्ष मनोज कुमार माझी, प्रदेश सभा सदस्यद्वय महेश प्रसाद यादव, सतिष कुमार सिंह, राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साह र नागरिक संजाल सप्तरीका अध्यक्ष थानसिह भन्सालीको अगुवाईमा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्मशान्तिका लागी स्थानीय गजेन्द्र चौकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस्तै सोमबारै सामुदायिक सेवा केन्द्रको आयोजना र जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्यमा गजेन्द्र चौक र शहिद दशन चौकमा दीप प्रज्वलन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ