News Category 2079/10/05
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका सडक खण्डमा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा एक साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उक्त सडकखण्डमा बुधवार साँझ हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा नजिकै ना. ५ ख. ६७२ नम्बरको गजराज ट्राभल्सले ठक्कर दिंदा सोही वडा निवासी ६० वर्षिय साइकल यात्रु सत्यनारायण विश्वासको मृत्यु भएको हो ।
विराटनगरबाट सिरहाको माडरतर्फ हिडेको उक्त बस बजार क्षेत्रमा पनि तिब्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्कर दिने बस र चालक सिराहाको माडर निवासी ३५ वर्षिय रामप्रकाश पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता दुर्घटनापछि आक्रोशित स्थानीयवासीले करीब डेढ घण्टा सो सडक खण्ड अबरुद्ध पारेका थिए ।
मृतक परिवारलाई आवश्यक क्षति पूर्ति दिलाउने तथा चालकलाई कानून बमोजिम कार्वाही गरिने स्थानीय प्रशासनको आश्वासन पछि आवागमन सूचारु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ