News Category 2079/10/05
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
जनमत पार्टीको मधेश प्रदेश संंसदीय दलका नेता महेश प्रसाद यादवले किसानहरुको समस्या समाधान गर्नेतर्फ प्रदेश सरकारको खासै ध्यान नपुगेको आरोप लगाएका छन् ।
बुधबार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै उनले विगतका प्रदेश सरकारले समेत किसानहरुको समस्याप्रति उत्तरदायित्व बहन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । उनले मधेशका सबै जनता कुनै न कुनै बहानामा किसानसँग जोडिए पनि किसानहरुको समस्याप्रति गम्भिर नभएको जिकिर गरे ।
मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य तथा रोजगारको अवस्था पनि दयनिय रहेकोले प्रदेश सरकार यसप्रति पनि गम्भिर हुनुपर्ने उल्लेख गर्दै प्रदेशसभा सदस्य यादवले रोजगारीको अवस्था सृजना गर्न मधेश प्रदेशमा प्रवल सम्भावना रहेकोले यसप्रति प्रदेश सरकार गम्भिर हुनुपर्ने सुझाव दिए । उनले प्रदेशसभामा कर्मचारी अभाव रहेकोले त्यसलाई पदपूर्ती गरेर पनि केही हदसम्म रोजगारीको अवसर सृजना हुन सक्नेप्रति सुझाव दिए ।
मधेश प्रदेशलाई भ्रष्टाचार हुने प्रदेशको आरोप लागिरहेको बेला भ्रष्टाचार मुक्त प्रदेश बनाउन सबैले संकल्प गर्नु पर्ने बताउँदै संघीयता माथी विभिन्न आक्रमण भइरहेकोमा संघीयता जोगाउन सबै भन्दा बढी मधेश प्रदेशले भूमिका खेल्नु पर्ने तर्क दिए ।
सप्तरी क्षेत्र नं. २ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता यादवले राजनीतिमा आउनु अगावै नेताहरुको हैसियत र प्रदेशसभामा निर्वाचित भइसकेपछिको हैसियतप्रति टिप्पणी समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ