News Category 2079/10/06
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीको महादेवा गाउँपालिकामा सेवाग्राहीले पालिकावाट पाउनु पर्ने सेवाबाट बञ्चित हुनु परेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव हप्तौं दिनदेखि कार्यालयमा उपस्थित नभएपछि सेवाग्रहीहरु सेवा पाउनबाट बञ्चित हुनुपरेको हो ।
काम विशेषले आउने सेवाग्राही रितो हात फर्किने गरेका छन् । उनी कार्यालय कहिले आउने बारे कसैलाई जानकारी छैन ।
यता गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल र उपाध्यक्ष अर्चना कुमारी यादव समेत पालिकामा नियमित नआउँदा सेवाग्राही झनै मारमा परेका छन् । स्थानिय निर्वाचन भएको ८ महिना वितिसक्दा पनि यस पालिकामा विकाशीय कार्यले अझैं गति लिन सकेको छैन् ।
नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदका उम्मेदवार तथा नेता दिपेन्द्र माझीले अपाङ्ग, गरिब, असहायलगायतलाई चिसोबाट जोगाउन न्यानो लुगा वितरण नगरेको, किसानलाई समयमा मलखाद उपलब्ध नगराएको, संघिय सरकारबाट पहल गरी २ करोडको बिधुुतीकरणको काम हालसम्म सञ्चालन नगरेको आरोप लगाएका छन् ।
यसैबीच गाउँपालिका अध्यक्ष मण्डलले विकाशीय योजनाका लागी वडाध्यक्षहरुलाई कार्यादेशको लागी पत्राचार गरिसकेकोमा उनीहरुबाटै मागं नआएकोले काममा ढिलाई भएको प्रतिक्रिया दिएका छन् ।
उनले न्यानो कपडा बितरण कार्य शुक्रवारबाट शुरु भईसकेको बताउदै करार र अन्य काम चाँडै प्रारम्भ हुने बताए । आफु केही समयदेखि बिरामी भएको कारण पालिका आउन नसकेको र निको भएपछि मात्र नियमित पालिका जाने जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत यादवको सिरहा नगरपालिकामा सरुवा भईसकेको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ