News Category 2079/10/08
सप्तरीमा मनाइयो सोनाम ल्होछार पर्व
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीमा पनि तामाङ समुदायले २८५९ औं सोनाम ल्होछार पर्व आइतबार मनाएका छन् ।
जिल्लाको खडक नगरपालिका ७ स्थित मझौमा आइतबार २८५९ औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ्ग घेदुङ सप्तरीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले सम्बोधन गरे ।
सम्बोधनका क्रममा प्रदेश सभा सदस्य न्यौपानेले तामाङ समुदायले आफ्नो पहिचान भेषभूषा र संस्कृतिलाई जर्गेना र संरक्षण गर्दै आर्थिक समृद्धि कायम गर्न अग्रणी भुमिका खेलेको बताए । उनले हरेक समुदायको सांस्कृतिक पहिचानलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रमुख अतिथिको आसन्न बाट बोल्दै नेता न्यौपानेले साँस्कृतिक जगेर्नाको साथै आर्थिक रुपान्तरणको कार्यमा निरन्तर लाग्न तामाङ समुदायलाई आग्रह गर्दै संस्थागत विधालयहरुले नेपाल सरकारले आव्हान गरेको सार्वजनिक विदाको अबज्ञा गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
सप्तरीमा निरन्तर तामाङ्ग समुदायले सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष वृजमान तामाङले जानकारी दिए ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष सन्तमान गोलेको अध्यक्षता आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम बहादुर घिसिङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रिया सिंह थारु, धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवलगातयले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ