News Category 2079/10/09
किर्तिमानी खेलाडी महबुब आलम र उदयमान खेलाडी आदिल पक्राउ
दैनिक समाचारदाता
राजविराज ९ माघ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई सोमबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको छ ।
हालै काठमाडौंमा भएको नेपाल टि–ट्वान्टी लिगमा म्याच फिक्सिङ गरेको आरोपमा सिआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।
किर्तिमानी एवं भेट्रान अलराउण्डर क्रिकेटर आलमलाई बिराटनगर तथा राष्ट्रिय क्रिकेट टोलीका सदस्य आलराउन्डर अन्सारी राजविराजबाट पक्राउ परेका हुन् । नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको उनीहरुमाथी आरोप छ ।
राजविराजमा लायन्स क्रिकेट एकेडेमीद्वारा संचालित मुन्ना स्मृति अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालय टिमबाट खेल्नका लागि तयारी हुँदै गर्दा प्रतियोगिता स्थल पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सिबीआईको टोलीले आदिललाई पक्राउ गरेको हो ।
त्यस्तै आलमलाई विराटनगरबाट पक्राउ गरिएको जानकारी प्राप्त भएको उनका बुवा मो. नसिरले बताए । राजविराज ४ निवासी आलम एक कलेजको क्रिकेट टिमका लागि प्रशिक्षकको रुपमा सहभागि हुन दुई दिन अघि विराटनगर गएका थिए । सोमवार बिहान सिबिआईको टोलीले पक्राउ गरेको खबर छोराकै साथीहरुबाट थाहा पाएको बुवा नसिरले सुनाए ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता नरेश कुमार सिंहले ती दुवै जनालाई सिआईबीको टोलीले पक्राउ गरेको सुनेपनि आफुहरुलाई पूर्ण जानकारी भने प्राप्त भइनसकेको बताएबस् ।
सन् २००० मा युएईमा सम्पन्न एसिसि ट्रफिबाट राष्ट्रिय टोलीमा “डेव्यू” गरेका आलम एक दिवसीय क्रिकेटमा १ सय विकेट लिने पहिलो बलर बनेका थिए । सन् २००८ मा जर्सीमा मोजाम्विक विरुद्धको विश्व क्रिकेट लिग डिभिजन ५ को खेलमा सबै दश विकेट लिएर विश्व किर्तीमान उनले बनाएका थिए ।
पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ । सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको सीआईबीका निर्देशक उत्तम सुवेदीले बताए । उनले भने, ‘सट्टेबाजी (बेटिङ) बाट असूली गर्ने उद्देश्यले यो प्रयास भएको थियो, तर हल्लाखल्ला भएपछि स्पट फिक्सिङ मात्रै सम्भव भयो ।’
पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पष्ट फिक्सिङ’ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराइएको उनले बताएका थिए । पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ