News Category 2079/10/12
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरी प्रहरीले विद्युत चुहावट गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ भने लागु औषध सम्बन्धी जनचेतामूलक कार्यक्रम सम्पन्न गरेको छ । यस्तै प्रहरीले गाँजाको बोटहरु पनि नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल बिद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका कर्मचारीहरुको संयुक्त टोलीले जिल्लाको बोदेबरसाइन नगरपालिका, विष्णुपुर गाउँपालिका, छिननमस्ता गाउँपालिका र बलान बिहुल गाउँपालिकाबाट १६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
बिद्युतको पोलबाट हुक लगाएर बिद्युत चुहावट गरेको भन्दै ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई बिद्युत नियम बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रहरीले लागु औषध सम्बन्धी जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको कंचनरुप नगरपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, सुरुङ्गा नगरपालिका लगायतमा समुदायस्तरमा उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरेको हो ।
यसैगरि प्रहरीले जिल्लाको राजगढ गाउँपालिका ३ स्थित सुब्बा यादव र भागवत यादवको घरमा लगाइएको लागु औषध गाजाको ६५ वटा बोट फडान गरि आगो लगाई नष्ट गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ