News Category 2079/10/12
जनप्रतिनिधिसहित एकै परिवारका तीन जनामाथी निर्घात कुटपिट
दैनिक समाचारदाता
राजविराज, १२ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिमा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेको जग्गामा बाख्रा चराउन नदिएपछी भएको विवादका क्रममा एक जनप्रतिनीधीसहित उनका परिवारका तीन जनामाथी निर्घात कुटपिट भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ का वडा सदस्य योगेन्द्र प्रसाद शर्मा, उनका छोरा संजय र बुवा विन्देश्वरलाई सोही वडा निवासी जयनाथ शर्माको अगुवाईमा रहेको समुहले कुटपिट गरेको घाईते पीडितहरुले बताएका छन् ।
कुटपीटबाट वडा सदस्य योगेन्द्र र उनका बुआ विन्देश्वरको शरीर भरी निलडाम देखिएको छ भने उनका छोरा संजयको वायाँ हात भाच्चिएको छ । घाईते तीनै जनाको अहिले राजविराजस्थित छ्रिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
घट्ना विवरण अनुसार सो वडास्थित स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टर निर्माणका लागी जयनाथका बुवाले जग्गा दान गरेका थिए । हाल उक्त जग्गामा स्वास्थ्य चौकी निर्माण कार्य पुरा भएको छ भने वर्थिङ्ग सेन्टर निर्माण कार्य अन्तिम चरणमा रहेको छ । आफ्नो वुवाले दान गरेको जग्गामा बाख्रा चराउन गएको वेला नातीलाई हप्काएर स्वास्थ्य चौकीका प्रमुख राजाबाबु मेहता तथा वडा सदस्य योगेन्द्रले फिर्ता पठाइदिएको जयनाथको भनाई छ ।
आफ्नो बाबुले दिएको जग्गामा बाख्रा चराउन पाउनु पर्छ भन्दै जग्गा दाता छोटकैन शर्माका छोरा जयनाथ शर्माले अडान लिए पछी विवाद सुरु भएको तथा एक्कासी लठीले अन्धाधुन्द आक्रमण गर्न सूरु गरेका घाइते वडा सदस्य योगेन्द्रले बताए ।
उनले स्वास्थ्य चौकी तथा वर्थिङ्ग सेन्टरको कम्पाउण्ड भित्र हजारौ रकम खर्चेर बनाएको बगैचा बाख्राले नास गर्न थालेपछी पटक पटक सम्झाउदा पनि अटेर गरेको र बुधवार साँझ उल्टै आक्रमणमा उत्रेको बताए ।
स्वास्थ्य चौकीका इन्र्चाज राजाबाबु मेहताले जग्गा दाता परिवारका जयनाथ शर्मालाई पटक पटक यस चौकी भित्र बाख्रा चराउन न पठाउन अनुरोध गर्दा उल्टै गाली गलौजमा उत्रिने गरेको गुनासो सुनाए ।
घाईतेहरुको तर्फबाट विहीवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा जयनाथ, उनका छोरा मनोज तथा कुटपिटमा संलग्न उनकै परिवारका अन्य सदस्यहरु विरुद्ध जाहेरी दिएको वडा अध्यक्ष जय प्रकाश ठाकुरले बताए ।
उनले यस अघि पनि पटक पटक जग्गादाता परिवारका जयनाथले स्वास्थ्य चौकि र वर्थिङ्ग सेन्टर कम्पाउण्ड भित्र बाख्रा चराउन बालबालिकालाई पठाउने गरेको र रोक्न खोज्दा आफुलाई समेत जयनाथले गाली लगौज गर्ने गरेको सुनाए ।
यता जग्गादाता परिवारका आरोपित जयनाथले वड सदस्य योगेन्द्र सहितको टोलीले सुरुमा आफुहरुमाथी नै आक्रमणको प्रयास गरेको र प्रतिकार गर्दा उनीहरुलाई समान्य चोट लागेको दाबी गरेका छन् । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ