News Category 2079/10/13
सरस्वती पुजामा अश्लील गित गुन्जिए
दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
भोजपुृरी र हिन्दी भाषामा भारतीय गायक र गायिकाहरुले गाएको अश्लिल गितहरुको बोलले विहीवार र शुक्रवार सप्तरीका ग्रामिण र शहरी क्षेत्रका सरस्वती पुजास्थल गुञ्जिएको छ ।
बसन्त पञ्चमिको अवसरमा विद्यार्थी, शिक्षक, युवा तथा कलमजीवीहरुले आस्थापुर्वक मनाउने सरस्वती पुजाको दिन विहीवार र मुर्ती सेलाउने दिन शुक्रवार सम्म जिल्लाको अधिकांश टोलमा मात्र नभई विभिन्न शिक्षण संस्थाहरुमा समेत यी गितहरु गन्जिएको थियो । दोहरो अर्थ, भद्दा र परिवारका साथ सुन्नै नसकिने खालका भोजपुरी र हिन्दीका अश्लील गितहरुमा विद्यार्थी, शिक्षकहरु रमाइरहेका थिए ।
कतिपय विद्यालयमा शिक्षकहरुको त कतिपय टोलमा बालबालिकादेखि बृद्धबृद्धा सम्मको उपस्थितीमा पनि यस्ता भल्गर गितहरु डिजेमा बजिरहदा र पुजास्थल नजिकै लगाइएको टेलिभिजन स्क्रीनमा चलिरहदा उनीहरु मुकदर्शक झै बनेका थिए ।
केही भरभलादमीले यस्ता भल्गर गितहरु नबजाउन सल्लाह दिए पछी केही युवा विद्यार्थीले तत्कालै रोके पनि अधिकाँशले अटेर गरेका थिए । धार्मिक आस्थाबाट प्रेरित भएर गरिने यस्ता पवित्र कार्यमा पनि अश्लीलताको बाहुल्य हुनुले हाम्रो संस्कृतीमाथी नै आघात पुग्न सक्ने स्थानीय बुद्धिजीवीहरु बताउँछन ।
पुजास्थल र मुर्ती विर्सजनका क्रममा यस्तो अश्लील गित बजाउनु विकृतीको नमुना भएको उनीहरु बताउँछन । “पुजा स्थलामा डिजे लगाएर अश्लील गित बजाउँदा समाजमा विकृती फैलिने थाहा हुदाहुदै पनि सम्बन्धित शिक्षण संस्थाका जिम्मेवार अधिकारीले यसलाई रोक्न नसक्नु आश्र्चय भएको धर्मी हल्फा विकास क्लबका अध्यक्ष एवं समाजसेवी इं सूर्यनारायण यादव बताउँछन् ।
पुजा स्थलमा परिवारसंग बसेर सुन्न लाज लाग्ने खालको यस्ता गित पुजा जस्तो पवित्रस्थलमा चर्काे साउण्ड थपेर बजाउनुु गलत भएको भन्दै यसमा रोक लगाउनु पर्ने उनले माग गरे ।
धार्मिक आस्थाबाट प्रेरित भएर गरिने विभिन्न पर्व, त्योहार, पुजा लगायतका पवित्र कार्यमा अश्लीलताको बाहुल्य हुनु् विकृती मात्र होइन, संस्कृती माथी नै आघात पुग्न सक्ने भन्दै स्थानीय बुद्धिजीवीहरुले यस तर्फ बेलैमा ध्यान पु¥याउन सरोकारवाला सबै संग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ