News Category 2079/10/14
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
राजविराज÷राजविराज जेसीजमा उज्जवल काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
राजविराज जेसीजको कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा बिक्रम काबरा र सुनितकुमार मुन्ना, कानुनी सल्लाहकारमा विप्लब आनन्द, महासचिवमा रबी राय र कोषाध्यक्षमा पंकज देव चयन भएका छन् ।
यसैगरी उपाध्यक्षहरुमा होमश काबरा, संजोग देव, अनिल साह, रिया राय सञ्चेती, सचिवमा रञ्जना चौधरी, शाखा सम्पादकमा मनिष दास र थिम सम्पादकमा रंजिब साह मनोनयन भएका छन् ।
नयाँ कार्यसमितिको शनिबार राजविराज जेसीज भवनमा आयोजित पदास्थापन कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विभिन्न क्षेत्रमा सकारात्मक र असल युवाहरुको खाँचो रहेको भन्दै युवाहरुले क्रियाशील सामाजिक जीवनका लागि मार्गदर्शन गर्नुपर्ने बताए ।
कार्यक्रममा लायन्स क्लबका गर्भनर शंकर शारदा, नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललीता साह, सप्तरी अध्यक्ष श्रवण देव, अधिवक्ता मनु खनाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका निर्देशक टिकाप्रसाद पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, लायन्स क्लबका शेखर प्रसाद सिंह, सत्यभान प्रसाद सिंहलगायत राजविराज जेसीजका पूर्व अध्यक्षहरु, महिला मानवअधिकार रक्षक सञ्जाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ