News Category 2079/10/17
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
डिजल चोरी घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले एक आयल स्टोरका संचालकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका वडा नं. ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह र सप्तरीकै कञ्चनरुप नगरपालिका वडा नं. ९ बस्ने २९ वर्षिय नबराज भुजेल छन् । संचालक साहले चोरीको डिजल खरीद गरेको तथा भुजेल ट्याङकरबाट डिजल चोरी गरी बेचेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार माघ ११ गते बिहान नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट को.१ख. ३६५५ नम्बरको टयाङकरमा २० हजार लिटर डिजल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा सोही दिन साँझ ट्याङकर चोरी भएको थियो ।
ट्याङकर चालक सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ९ बस्ने ४५ वर्षिय बिनोद कुमार भुजेलले उक्त ट्याङकर साँझ ७ बजेतिर कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित बि.कि. पम्पमा पार्किङ्ग गरी घर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश सिंहले जानकारी दिए ।
उक्त ट्याङकर माघ १५ गते बिहान ९ बजेतिर जिल्लाकै शम्भुनाथ नगरपालिका वडा नं. २ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको उनले बताए । फेला परेको ट्याङकर चेक जाँच गर्दा ५ वटा च्याम्बरमा रहेको ४ हजार लिटरको दरले २० हजार लिटर डिजल मध्ये ४ वटा च्याम्बर खाली रहेको र एक वटा च्याम्बरमा मात्र डिजल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डिएसपी सिंहका अनुसार नेपाल आयल निगमले सिलबन्दी गरेको उक्त टयाङकरको सिलबन्दी तोडिएकाले डिजल चोरी भएको भन्दै घटनाको अनुसन्धान थालिएपछि नेपाल आयल निगम १ नं.प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलिले छानविन तथा चेक जाँच गर्ने क्रममा चोरी घटनामा ती व्यक्तिहरुको संलग्नता रहेकोले पक्राउ गरिएको हो ।
दुबै जनालाई प्रहरीले माघ १६ गते नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षक अन्तर्गत मंगलबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गराई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ