News Category 2079/10/17
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
एक १७ वर्षिया किशोरीसँग बालविवाह गरेर भारततर्फ लैजादै गरेको अवस्थामा ४२ वर्षिय भारतीय बेहुलासहित तीन जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बालविवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सोमबार राती सप्तरीको राजगढ गाउँपालिका २ बनैनिया क्षेत्रबाट सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउट पोस्ट बनैनियाको टोलीले उनीहरुलाई सोधपुछ पश्चात् नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा भारतको जम्मुकश्मिर राज्य निवासी ४२ वर्षिय वेहुला गुलाब जीलानी र सोही ठाउँका ४० वर्षिय मो. रफिक खान र २७ वर्षिया नुरजहान छन् । उनीहरुसँगै सप्तरीको महादेवा गाउँपालिका १ निवासी १७ वर्षिया किशोरी सलमा (नाम परिवर्तन) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जम्मुकश्मिर निवासी मो.रफिक खान र नुरजहानले नेपालमा विहे गराइदिन्छु भन्दै गुलाब जिलानीलाई लिएर नेपाल आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । दोश्रो विहे गर्न लागेको गुलाबले आपुृmले अविवाहित भएको भनी केटी पक्षलाई झुक्याएको स्थानीयले बताएका छन् ।
पक्राउ परेकाहरुलाई मंगलवार बालविवाह सम्बन्धि कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको डिएसपी सिंहले जानकारी दिए ।
बालविवाह गर्ने गराउने दुबैलाई कारवाही हुने कानुनी प्रावधान छ । यस्तै बालविवाहमा कसुर हेरी ५० हजार देखि ५ लाख रुपैया सम्म जविरवाना र १५ वर्ष सम्म कैदको व्यवस्था रहेको छ ।
यस अघि पनि रफिक, नुरजहा लगायतका अन्य भारतीय नागरिकहरु सो गाउँका आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावकलाई छोरीको विहेमा दाईजो तिर्न नपर्ने वरु उल्टै आर्थिक सहयोग पाउने लगायतका प्रलोभनमा पारी बालिका तथा युवतीको भारतीय नागरीकसँग विहे गराइ उतै लगेको अनुसन्धानबाट खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ