News Category 2079/10/17
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
एक १७ वर्षिया किशोरीसँग बालविवाह गरेर भारततर्फ लैजादै गरेको अवस्थामा ४२ वर्षिय भारतीय बेहुलासहित तीन जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बालविवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सोमबार राती सप्तरीको राजगढ गाउँपालिका २ बनैनिया क्षेत्रबाट सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउट पोस्ट बनैनियाको टोलीले उनीहरुलाई सोधपुछ पश्चात् नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा भारतको जम्मुकश्मिर राज्य निवासी ४२ वर्षिय वेहुला गुलाब जीलानी र सोही ठाउँका ४० वर्षिय मो. रफिक खान र २७ वर्षिया नुरजहान छन् । उनीहरुसँगै सप्तरीको महादेवा गाउँपालिका १ निवासी १७ वर्षिया किशोरी सलमा (नाम परिवर्तन) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जम्मुकश्मिर निवासी मो.रफिक खान र नुरजहानले नेपालमा विहे गराइदिन्छु भन्दै गुलाब जिलानीलाई लिएर नेपाल आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । दोश्रो विहे गर्न लागेको गुलाबले आपुृmले अविवाहित भएको भनी केटी पक्षलाई झुक्याएको स्थानीयले बताएका छन् ।
पक्राउ परेकाहरुलाई मंगलवार बालविवाह सम्बन्धि कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको डिएसपी सिंहले जानकारी दिए ।
बालविवाह गर्ने गराउने दुबैलाई कारवाही हुने कानुनी प्रावधान छ । यस्तै बालविवाहमा कसुर हेरी ५० हजार देखि ५ लाख रुपैया सम्म जविरवाना र १५ वर्ष सम्म कैदको व्यवस्था रहेको छ ।
यस अघि पनि रफिक, नुरजहा लगायतका अन्य भारतीय नागरिकहरु सो गाउँका आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावकलाई छोरीको विहेमा दाईजो तिर्न नपर्ने वरु उल्टै आर्थिक सहयोग पाउने लगायतका प्रलोभनमा पारी बालिका तथा युवतीको भारतीय नागरीकसँग विहे गराइ उतै लगेको अनुसन्धानबाट खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ