News Category 2079/10/18
विपन्न समुदायका एकल महिलादेखी तेश्रोलिङ्गीलाई न्यानो कपडा
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्रालयले राजविराजमा एक कार्यक्रमको आयोजना गरि चिसोले कष्टकर जिवन बिताइरहेका ३५ जनालाई न्यानो कपडा बितरण गरेको छ ।
उक्त राहत पाउनेमा विपन्न समुदायका एकल महिला, शारिरीक रुपमा अशक्त, बृद्धबृद्धा देखी यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गि) सम्म छन् ।
जिल्लामा सम्भव त पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गी) लाई समेत चिसो छल्न प्रदेश सरकारबाट राहत स्वरुप न्यानो कपडा बितरण गरिएको हो । बितरण गरिएका सामाग्रिहरुमा ब्लायङकेट, न्यानो कपडा र म्याट लगायतका छन् ।
जिल्ला जेष्ठ नागरिक संघ, एकल महिला संघ, समावेशी अपाङ संघ र निलहिरा समाजको समन्वयमा जिल्लाको प्रत्येक पालिकाबाट विपन्न परिवारका सदस्यको चयन गरि उक्त राहत सामाग्रि प्रदान गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका शाखा अधिकृत राजिवकुमार सिंहले जानकारी दिए ।
न्यानो कपडा बितरण कार्यक्रममा जेष्ठ नागरिक संघका जिल्ला सचिव बैजनाथ झा, समावेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ