News Category 2079/10/18
हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका कर्मचारीको नेतृत्वमा बुधबार गएको प्रहरीसहितको टोलीले बिद्युत चोरी गरिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट ९ जनालाई पक्राउ गरेको छ ।
विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा उक्त गाउँपालिकाका इजरायल मन्सुरी, जमुनम मन्सुरी, रामचुनाम मन्सुरी लगायत ९ जना पक्राउ परेको बितरण केन्द्रका प्रमुख मधुसुधन यादवले जानकारी दिएका छन् ।
केन्द्रले ग्राहकका लागि प्रयोगमा ल्याएको विद्युतीय पोलमा हुक लगाई विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट कानुन बमोजिम जरिवाना असुलेर सचेत गरेर छाडिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
केही दिन यता विद्युत चुहावट रोक्न केन्द्रले प्रहरीको सहयोगमा गाउँ गाउँमा पुगेर विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिनुका साथै विद्युतीय सामाग्रि पनि जफत गर्न थालेको छ ।
विद्युत चोरीमा संलग्नहरुलाई कारवाही गर्न थालिएपछि विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या केही घटेपनि पूर्ण नियन्त्रणमा भने आइनसकेको र अभियान जारि रहने बितरण केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ