News Category 2079/10/19
मतगणनामा बसेका प्रतिनिधिको फाइल झिकाउने अदालतको आदेश
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
राजविराज नगरपालिका वडा नं. ४ को मतगणना सम्बन्धी विवाद निरुपणका लागि अदालतले मतगणनामा बसेका उम्मेदवार प्रतिनिधिहरुको विवरण झिाउन आदेश जारि गरेको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले यस्तो आदे जारि गरेको हो । गत २०७९ बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनमा उक्त वडाको वडा अध्यक्ष पदमा एक मतले दिनेश प्रसाद साह विजयी हुदा स्वतन्त्र उम्मेदबार काशिम अंसारीले मतगणना त्रुटीपूर्ण भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पुनः मतगणनाको माग गर्दैै अदालतमा मुद्दा दायर गरेका थिए ।
उच्च अदालत जनकपुर राजविराजका न्यायाधिश नातीवाबु लामिछाने र तेजनारायण सिंहको संयुक्त इजलासले विहीवार सो मुद्दा उपर सुनवाई गर्दै यस्तो आदेश जारी गरेको हो । त्रुटिपूर्ण मतगणना कार्य बदर गरी पुनः गणना कार्य दोह¥याई पाउँ भन्दै अंसारीबाट मुदा परेपछी यस अघि नै अदालतले जिल्ला निर्वाचन कार्यालयबाट सो वडाको मतपत्र सहितको पेटिका समेत झिकाई सकेको छ ।
पछिल्लो आदेशमा उक्त वडाको निर्वाचनमा उम्मेदवार भएकाहरुले मतगणना कार्यमा खटाएका प्रतिनिधी सम्बन्धि फाईल समेत निर्वाचन कार्यालय सप्तरी राजविराजबाट अविलम्ब झिकाउनु भनी आदेश जारी गरेको छ ।
उक्त वडामा १ हजार ५ सय २२ मत खसेको थियो । जसपाका तर्फ नवनिर्वाचित वडा अध्यक्ष साहले ३ सय १२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार अंसारीले ३ सय ११ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक गरिएको अन्तिम परिणाममा उल्लेख छ ।
अंसारीले मतगणना कार्यमा आफ्नो प्रतिनिधीलाई सहभागी हुन नदिइएको तथा मतगणना कार्यमा खटिएका कर्मचारी र जसपाका उम्मेदवारका प्रतिनिधीको मिलीभगतमा परिणाम उलटफेर गरिएको दाबी गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ