News Category 2079/10/20
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको महादेबा गाउँपालिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुदैछ ।
अख्तियारको टोली आएर अनियमितता, भ्रष्टाचारको अनुगमन शुरु गरे पछि धमाधम होमपाइप जडान गरिएको देखिदै छ ।
आर्थिक बर्ष २०७४÷०७५ को बजेट अनुसार काम नगरी बजेट सिध्याएको जनगुनासो पश्चात् अख्तियारको अनुगमन टोली आएपछि अहिले जनप्रतिनिधिहरु धमाधम पुरानो काम सम्पन्न गर्न लागिपरेका छन ।
वडा न. १ को अगाडी टोलमा जनप्रतिनिधिहरुले माटो, ग्राइभेल तथा होमपाइप जडानमा मात्रै ७० लाख हचुवाको तालमा खर्च गरेका थिए । डिहबार बाबा थान (चन्द्र नहर) देखि बलथि गाउँको पुछार सम्ममा माटो, ग्राइभेल तथा होमपाइप जडान गर्न सो रकम बरावरको कामै नगरि सिध्याएका थिए । हाल सो कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुगमनमा टोली आएपछि घटना सार्वजनिक भएको हो ।
तत्कालीन उपभोक्ता समितिका अध्यक्ष अमर यादव र कोषाध्यक्ष सुदिलाल सदा सहितकाहरुको मिलोमतोमा उक्त बजेट कामै नगरि सकाएको आरोप स्थानीयहरुको रहेको छ । स्रोतका अनुसार गाउपालिका स्तरीय योजना मध्ये कुल बजेट १ करोड ३० लाख मध्ये वडा न. १ मा ७० लाखको लागतमा सो वडामा काम नलाग्ने स्थानमा होमपाइप जडान गरि बजेट सिध्याउनका लागि जनप्रतिनिधिहरु लागिपरेको स्थानीय बिरेन्द्र गोइतको आरोप छ ।
गोइतले भने “जुन ठाउँमा होमपाइप जडान गरेको छ त्यस ठाउँमा पानी निकास हुदैन तथा सिचाइको लागि पनि आवश्यकता नभएको स्थानमा बजेट सिध्याउन स्थानीय जनप्रतिनिधिहरु धमाधम होमपाइप जडान गर्दै आएका थिए ।”
सो आर्थिक बर्षमा महादेवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशब कुमार झा तथा लेखापाल हिरालाल यादवले नै उक्त रकमको भुक्तानी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ