News Category 2079/10/20
भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
भारतीय दूताबासको आर्थिक सहयोगमा सप्तरीमा निर्मित अस्पताल तथा विद्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले अस्पताल तथा विद्यालय भवनको एक समारोहबीच उद्घाटन गरेका हुन् ।
भारतीय राजदुत श्रीवास्तावले ती योजनाहरुको उद्घाटन गर्दै भारत सधैं नेपालको विकासका लागि अग्रसर रहेको बताउँदै सप्तरीसहित नेपालको विकासकालागि थप काम अगाडी बढाउने प्रतिबद्धता समेत जनाए ।
करिब दुई दशकअघि सप्तरीमा प्रदान गरेको पाँच वटा विभिन्न योजनाहरुमध्ये राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रसुती भवन र बोरिया तथा ब्रम्हपुर मावि भवनको उदघाटन भएको हो ।
यता बाँकी रहेको कन्या छात्राबास र कुनौली फत्तेपुर सडकको निर्माण काम अझ अधुरा रहेकाले कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा दुईतर्फी छलफल गरेर अगाडी बढ्ने उनले जनाए ।
भवन उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिनेशकुमार यादवले भारतीय अनुदानले सप्तरीमा रहेका अधुरा योजनाहरु सम्पन्न गराउन राजदुत श्रीवास्तवसमक्ष आग्रह गर्दै थप योजनाहरु प्रदान गर्न आग्रह गरेका थिए ।
जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्यद्वय जितेन्द्र नारायण देव, शेखर सिंह, मधेस प्रदेशसभा सदस्यद्वय सकिल मियाँ र किरण साह तथा विभिन्न स्थानीय तहका प्रमुखसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा स्थानीयहरुको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ