News Category 2079/10/22
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी, गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ४ स्थित जनता माविमा शिक्षकको अभाव रहेको भन्दै आइतबार वडा कार्यालय र विद्यालयको कार्यालय कोठामा तालाबन्दी गरिएको छ ।
लामो समयदेखी सो विद्यालयमा शिक्षक अभाव रहेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गर्दै चक्काजाम समेत गरेको स्थानियहरुले बताएका छन् ।
माविका लागि प्रस्तावित उक्त विद्यालयमा नेपाली शिक्षकको गत वर्ष निधन भएपछि अर्का शिक्षकले पढाउँदै आएको तर एक हप्तादेखी उनी पनि अनुपस्थित छन् । सोही विषयलाई लिएर विद्यार्थीहरुले तालाबन्दी गरेको विद्यालयका शिक्षक रामनरेश दासले जानकारी दिए ।
उनले अर्का शिक्षकको शिक्षक सेवा आयोगमा नाम निक्लेपछि उनी अन्तरवार्ताका लागि गएकोले शिक्षक अभाव भएको बताए । कक्षा १० मा ४७ विद्यार्थी तथा कक्षा ८ र ९ मा झण्डै एक सय विद्यार्थीहरु रहेकोमा एक जना पनि स्थायी शिक्षकको दरबन्दी छैन् ।
यसैबीच आइतबारै गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले आन्दोलित विद्यार्थीहरुसँग छलफल गरेर केही दिनभित्रै नेपाली शिक्षक तथा अन्य शिक्षकको पदपूर्ती गरिने प्रतिबद्धता गरेपछि ताला खोलिएको शिक्षक दासले जनाए ।
कक्षा १० सम्म पढाई हुने उक्त विद्यालयमा ५ सयको हाराहारीमा विद्यार्थीहरु छन् । जसमा १५ जना शिक्षकसहित कर्मचारीहरु छन् । ९ जना शिक्षक निमावि र प्राविमा, ३ जना माविमा निजि श्रोतबाट तथा एक जना कार्यालय सहयोगि, एक जना लेखापाल र एक जना स्विपर छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ