News Category 2079/10/24
रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका एक यूवक रुखमै झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेका छन् ।
दुई साताअघि मात्र बैंकको ऋण तिर्न नसक्दा तनाव झेल्न नसकि सोही गाउँपालिका २ का ४५ वर्षिय रामदेव मरिकले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । सो घटना सेलाउन नपाउँदै सोमबार अर्को घटना भएको छ । प्रहरीका अनुसार छिन्नमस्ता गाउँपालिका ६ निवासी २१ वर्षिय महेन्द्र मण्डल रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घरबाट करिब एक किलो मिटर टाढा रहेको वडा नं. ३ को एकान्त स्थलमा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
घटनाको प्रकृती हेर्दा उनले आत्महत्या गरेको हुन सकेको अनुमान गरिएको प्रहरीको भनाई छ । आँपको रुखमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ