News Category 2079/10/24
रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका एक यूवक रुखमै झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेका छन् ।
दुई साताअघि मात्र बैंकको ऋण तिर्न नसक्दा तनाव झेल्न नसकि सोही गाउँपालिका २ का ४५ वर्षिय रामदेव मरिकले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । सो घटना सेलाउन नपाउँदै सोमबार अर्को घटना भएको छ । प्रहरीका अनुसार छिन्नमस्ता गाउँपालिका ६ निवासी २१ वर्षिय महेन्द्र मण्डल रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घरबाट करिब एक किलो मिटर टाढा रहेको वडा नं. ३ को एकान्त स्थलमा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
घटनाको प्रकृती हेर्दा उनले आत्महत्या गरेको हुन सकेको अनुमान गरिएको प्रहरीको भनाई छ । आँपको रुखमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ