News Category 2079/10/24
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरी प्रहरीले फरार अभियुक्तमाथी निगरानी र अनुसन्धान तिब्र बनाएसंगै विभिन्न अपराधका फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् ।
यसै क्रममा अदालतबाट जरिवाना र कैद सजाय तोकिएपछि फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका ६ महिलासहित विभिन्न अभियोगका ३६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सर्वाधिक कुटपिट मुद्दाका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहका अनुसार कुटपिट मुद्दामा अदालतबाट जरिवाना तोकिएपछी फरार रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी महेश्वरी देवी पण्डित, शम्भु पण्डित, दिनेश पण्डित, महेश पण्डित, राजेन्द्र पण्डित, परमानन्द यादव, नवलकिशोर यादव, राजगढ गाउँपालिकाका मोहित खाँ, तिरहुत गाउँपालिकाका संजय कुमार बहरखेर, चन्दन यादव, रवी कुमार यादव, कृष्णा यादव, शम्भु यादव, संतोष यादव, निदेश यादव र रविन्द्र कुमार मगरदैता पक्राउ परेका छन् ।
यस्तै कुटपिट मुद्दामै विष्णुपुर गाउँपालिकाका गंगाप्रसाद मण्डल, शिवकुमार मण्डल, जसमुल खाँ, जयनारायण मण्डल, रितादेवी यादव, राजेश यादव छन् भने तिरहुत गाउँपालिकाका आनन्द देव यादव ज्यान मार्ने उद्योग, कुटपिट अंगभंग मुद्दामा रजिया खातुन, सबिरुन खातुन, जाकिर मियाँ, शम्भुनाथ नगरपालिकाका राजेन्द्र साह, सियावती साह तथा सुरुङ्गा नगरपालिकाका उमाकान्त चौधरी वन पौदार मुद्दामा पक्राउ परेका छन् ।
यस्तै लेनदेन विगो मुद्दा तर्फ डाक्नेश्वरी नगरपालिका ८ का भगवती प्रसाद साह, कंचनरुप नगरपालिकाकी सुनिता देवी साह तथा बन पोदार मुद्दाका कंचनरुप नगरपालिकाका दिल मोहन सरदार, खडक नगरपालिकाका बचाइ चौचरी तथा लागु औषध मुदाका बोदेवर्साईन नगरपालिकाका शोभित लाल राम पनि पक्राउ परेका छन् ।
विभिन्न ठाउँमा ल्ुकेर वसेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट ७० हजार ३ सय ११ रुपैया जरिवाना तथा १८ महिना २५ दिन कैद असुल गरिने प्रहरीले जनाएको छ ।
उनीहरुलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार जरिवाना गरिएकाहरुबाट जरिवाना रकम असुलीको प्रक्रिया शूरु गरिएको तथा कैद सजाय तोकिएकाहरुलाई कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट कैद सजाय तोकिएर फरार रहेकाहरु मध्ये यस अघि गत माघ ११ गते २२ जना र माघ १३ गते ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ