News Category 2079/10/25
गोबरगाढामा भारतीयद्वारा गोली प्रहार, एक नेपाली घाइते
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ स्थित गोबरगाढामा बुधबार साँझ गोली प्रहार भएको छ ।
भैसी चोरेको आरोपमा पक्राउ परेका आफ्ना एक जनालाई छुटाउन आएका केही भारतीयहरुले गोली चलाउँदा एक नेपाली नागरिक घाइते भएका हुन् । गोली प्रहारबाट स्थानिय महेन्द्र पासवान घाइते भएका छन् । उनको घुडामा छर्रा लागेको छ ।
सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए ।
वडा अध्यक्ष कुशेश्वर यादवका अनुसार ती भारतीय नागरिकलाई छुटाउन २५–३० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेका छन् ।
बन्दुक र घरेलु हातहतियारसहित आएका उनीहरुले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेका व्यक्तिलाई समेत जबरजस्ती लगेको वडाध्यक्ष यादवले जानकारी दिए ।
यता सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलका अनुसार गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएपछि त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ