News Category 2079/10/26
अध्यक्षलाई निजी सचिवालय र अधिकृतलाई २५ हजार मासिक घर भाडा
दैनिक समाचारदाता
राजविराज, २६ माघ ।
सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सेवा सुविधा एकलौटी ढंगले लिइरहेको खुलासा भएको छ ।
गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँपालिकाको वडा नम्बर ५ स्थित आप्mनो निजी घरमा गापाबाट करिब १२ लाख बरावरको निजी सचिवालय सञ्चालनका लागी कम्प्युटर, फर्निचर, पंखा, ईन्टरनेट, जडान गरेका छन भने दुई जना कर्मचारीलाई करारमा समेत नियुक्त गरेका छन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले प्रत्येक महिना पचिस हजार घर भाडा र सञ्चार खर्च वापत सेवा सुविधा लिने गरेको लेखा शाखा श्रोतले जनाएको छ ।
आफ्ना निजी घरमा बस्दै आएर गापाबाट मासिक तलब, भक्ता, घर भाडा, सञ्चार खर्च, ईन्धन, लगायत बापत मासिक लाखौ रकम सेवा सुविधाको नाममा आम जनताको ढार सेक्ने गरी कर थुपारेर विलासीताको साधन उपयोग गरी रहेको श्रोतले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)बाट महादेवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र माझीले गाउँपालिकाले पुराना सेवा करारका ६९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना लोसपाका कार्यकर्ता, परिवार र आफन्तलाई नियुक्ति दिएको आरोप लगाएका छन् ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झाले आफन्त अमरेन्द्र पाठकलाई कम्प्युटर अपरेटरमा नियुक्त गरिएको माझीको आरोप छ । उनले पालिकामा प्रमुख प्रशासकीय अधिकृत झा र अध्यक्ष मण्डलले मनपरी गर्दै आफ्ना आसेपासे, आफन्त, पार्टीका कार्यकर्तालाई जागिर खुवाउनुका साथै विकासी बजेटमा समेत मनपरी गरी रहेको उनको आरोप छ ।
सो सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झा संग बुझदा आफुले नियम, कानुन बमोजिम मात्र सेवा, सुविधा लिने गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ