News Category 2079/10/26
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
दैनिक समाचारदाता
राजविराज, २६ माघ ।
मधेस प्रदेश सरकारका शिक्षा विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले मधेस प्रदेश अशिक्षित प्रदेशको रुपमा परिचित रहेकोले यसलाई पुर्ण साक्षर प्रदेश बनाउन अभियान चलाउन लागेको जानकारी दिएका छन् ।
राजविराज नगरपालिका ६ स्थित श्री आधारभुत विधालय थानगाछीको विहीवार स्वर्ण जयन्ती तथा शिक्षक विदाई समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।
सरकारको बजेटको ठुलो खर्च भईरहेको सामुदायिक विधालयको शैक्षिक गुणस्तर अस्तव्यस्त रहेकाले आवश्यक नीति बनाएर व्यवस्थित गर्ने कार्य अधि बढाएको उल्लेख गर्दै उनले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक प्रविधिको विकास गर्न लागिएकोे उनले बताए ।
आफ्ना विधार्थीहरुलाई नियमित विधालय पठाउन अभिभावकहरुलाई आग्रह गर्दै मन्त्री यादवले अब अभियान अन्र्तगत आप्mनो विधार्थी पढिरहेको छ वा छैनन, गुणस्तरीय शिक्षा पाइरहेको छ वा छैन त्यसबारे पनि अवलोकन गर्न समेत सुझाव दिए ।
विधालयहरुको भौतिक संरचनासँगै सामुदायिक विधालयप्रति आकर्षण बढाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रदेश सरकार तयार रहेको उनको भनाई छ । थानगाछी विधालयसम्म पुग्ने बाटो बनाउन तत्काल आफ्नो संसदीय कोषबाट बजेट उपलब्ध गराउने, विधालयमा फर्निचर र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताईन । शिक्षामा राजनीति गर्न नहुने तर्क गर्दै उनले शिक्षा क्षेत्रको समस्यालाई हल गर्न नगरपालिकाले श्रोत साधानले भ्याए सम्म सहयोग गर्ने बताईन ।
कार्यक्रममा विधालयका प्राधानाध्यपक भोला प्रसाद साहले विधालयमा भौतिक पुर्वाधारको आभावका बाबजुद शिक्षण शिकाई गर्दै जिर्ण रहेको विधालय भवनको पुर्ननिर्माणका तथा फर्निचरको व्यवस्थापन लागि सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व प्रदेश सभासदस्य नेत्र विक्रम साह, वडाअध्यक्ष शशि चौधरी, शिक्षक अभिभावक संघका राधेश्याम साह, पुर्व शिक्षक सुरेन्द्र चौधरी, स्थानीय सत्रुधन साह, शिक्षक फुलचन्द्र साह, एन प्याब्सन सप्तरीका अध्यक्ष नरेश प्रताप साह, अभिभावक रामकुमार साह, राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन कुमार यादव लगायतले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक लगायत सबै सरकोकारवाला मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा अनिवार्य अबकाश प्राप्त गरेका शिक्षिका जया कुमारी दासलाई दोसल्ला ओढाएर प्रमुख अतिथी मन्त्री यादवले सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ