News Category 2079/10/27
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
घास काटेको निहुँमा एक दलित महिलालाई निर्घात कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको भन्दै शुक्रबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पातो बजारमा बिरोध प्रदर्शन गरिएको छ ।
दुई दिनअघि आफ्नो जग्गामा रहेको घास काटेको आरोपमा डाक्नेश्वरी नगरपालिका २ का जिवछ यादवले सोही नगरपालिकाको वडा नं. ५ निवासी २८ वर्षिया गितादेवी सदालाई निर्घात कुटपिट गरेको स्थानियको आरोप छ ।
कुटपिटबाट घाइते भएकी सदाको अहिले पनि पातोस्थित युके मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटनाको दुई दिन बितिसक्दा पनि कुटपिटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको भन्दै पीडित महिलाका आफन्त तथा स्थानिय प्रदर्शनमा उत्रिएका हुन् ।
अपराधीलाई पक्राउ गर, पीडितलाई न्याय दे लगायतका नारा अंकित प्लेकार्ड बोकेर सडकमा उत्रेका उनीहरुले यसतर्फ अविलम्ब पहल नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यता इलाका प्रहरी कार्यालय पातोका सई राजेन्द्र बस्नेतले कुटपिट गर्नेको खोजि कार्यमा कुनै ढिलाई नभएको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ