News Category 2079/10/29
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आगामी चैत्र २ गते देखि श्री रामचरित्र मानस अन्तराष्ट्रिय अश्वमेघ महायज्ञको आयोजना हुने भएको छ । आयोजक समितीले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
विश्वशान्ति, हिन्दुधर्मको रक्षा तथा प्रचार प्रसार र मानव कल्याणको कामनाका साथ आयोजना गरिने महायज्ञमा १० लाख भन्दा बढीको सहभागीता हुने सम्मेलनमा महायज्ञ आयोजक समितीका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिएका छन ।
१३ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न विद्वान लगायत साधु, सन्तहरुको व्यापक सहभागिता हुने तथा महायज्ञको उदघाटनका दिन १० हजार महिलाको सहभागितामा कलश यात्रा तथा महायज्ञ अवधीभर घोडाद्वारा हिन्दु धर्मको रक्षाका लागी सन्देशमुलक नारा सहित आसपासका क्षेत्रमा समेत प्रचार प्रसार गरिने आयोजक समितीका सचिव रामचन्द्र मण्डलले जानकारी दिए ।
जिल्लामै पहिलो पल्ट यस प्रकारको महायज्ञको आयोजना हुन लागेको हन्सपुृर स्थित जानकी मन्दीरका महन्थ देवदास निर्माण(राम रतन दासले दाबी गरे ।
महायज्ञमा भारतका डा.मानस मधुकर, राजेश पण्डित, नेपालका यज्ञाचार्य सुभाष मिश्र, अशोक मिश्र तथा विभिन्न साधुसन्तहरुद्वारा द्वारा प्रवचन तथा गौतम राशलिला र रामलिला प्रस्तुत गरिने आयोजक समतिीका उपाध्यक्ष सतेन्द्र कुमार मण्डलले जानकारी दिए ।
धार्मिक कार्यक्रमका साथै महायज्ञ अवधीभर मनोरंजनका लागी राम झुला, सरकस, जादु, कुश्ती लगायतका खेल तमासा पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ