News Category 2079/11/01
लामखुट्टे धपाउन बालिएको घुर सल्किदा आधा दर्जन घर नष्ट
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
सप्तरीको रुपनी गाउँपालिकामा आगलागी हुँदा आधा दर्जन घर जल्नुका साथै १५ लाख भन्दा बढी मुल्य बराबरको धनमालको क्षति भएको छ ।
रुपनी गाउँपालिका १ रायपुरस्थित अनिल नारायण यादवको गाईगोठबाट आइतबार मध्यरात १२ बजेतिर सल्केको आगोले छिमेकीसहित ६ वटा घर जल्नुुका साथै उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगोले अनिल नारायण यादवका साथै छिमेकी मायाराम यादव, रोज नारायण यादव, गंगाराम यादव र नागेन्द्र यादव लगायतका ६ परिवारलाई बेघर बनाएको हो । आगलागीमा परेका सबै घर फुस, काठ र टिनको छाना भएका हुन् ।
स्थानीयका अनुसार अनिल नारायण यादवको गाईगोठमा लामखुट्टे धपाउन बालेका घुरबाट अचानक आगो सक्लेको हो ।
आगलागी पीडित अहिले कोही आफन्तकहाँ त कोही खुला चउरमा बस्न बाधय छन् । आगो २ घण्टाको प्रयास पछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
आगो नियन्त्रणमा राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको वारुणयन्त्र, स्थानियवासी, इलाका प्रहरी कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालयको टोली सक्रिय थिए ।
डिएसपी सिंहका अनुसार आगलागीबाट १५ लाख ५२ हजार मूल्य बराबरको सम्पति जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ