News Category 2079/11/01
सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
सप्तरीमा आत्महत्याका घटना बढ्दै गएको छ । जिल्लामा यस्ता घटनाहरु बढ्नुमा विभिन्न पारिवारिक समस्या, व्यापारमा घाटा, ऋण कर्जालगायतले आत्महत्याका घटनाहरु बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यस्तै वैदेशिक रोजगारी लगायतका अनेक उद्यम गर्दा पनि उल्टै ऋणमा डुबेर कतिपयले मृत्यु नै अन्तिम विकल्प ठान्ने गरेका छन् भने कतिपय शिक्षामा असफलता, प्रेम सम्बन्ध, बेरोजगारी लगायतका कारणले पनि यस्तो बाटो रोज्ने गरेको पाइएको छ ।
पछिल्लो पटक चार घण्टाको अन्तरालमा दुई आत्महत्याका घटना सार्वजनिक भएको छ । जिल्लाका खडक नगरपालिका र कञ्चनरुप नगरपालिकामा दुई महिला झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
आइतवार मध्यराती सप्तरीको खडक नगरपालिका ९ लालपट्टि बस्ने ४५ वर्षिया मिना कुमारी चौधरी आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको घटना सेलाउन नपाउँदै सोमवार एकाबिहान सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित आँप बगैचामा सोही वडा निवासी ५८ वर्षिया शान्ता भुजेल आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शान्ताका पति भीम बहादुर भुजेलले श्रीमती आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थाहा पाए लगतै प्रहरीलाई खबर गरेका थिए । यस्तै मिनाका श्रीमान भोटे चौधरीले पनि श्रीमती सुत्ने कोठामा बाँसको बलोमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दुवै शव प्रहरीले नियन्त्रण लिई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ । सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले दुवै जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन् । यद्यपी आत्महत्याको कारण भने खुल्न नसकेको उनको भनाई छ । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
स्थानीयवासीले भने मिना ऋणको बोझ तथा शान्ता पारिवारिक समस्याले आत्महत्या गरेको बताइरहेका छन् ।
जिल्लामा तीन साता अघि मात्र छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका २ का ४५ वर्षिय रामदेव मरिक रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसको सात दिनपछि सोही गाउँपालिकाका वडा ६ का २१ वर्षिय महेन्द्र मण्डलले पनि घरायसी तनावमा रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
जिल्लामा आत्महत्याका एकपछि अर्को घटना ह्वातै बढ्न थालेका छन् । जिल्लामा गत आ.व. २०७७÷०७८ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय १५ जनाले ज्यान गुमाएका थिए भने २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी सिंहले जानकारी दिए ।
यस्तै चालु आ.व. २०७९÷०८० को हालसम्मको अवधिमा विषसेवन र झुण्डिएर ६० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ