News Category 2079/11/03
तिलाठीका सम्पूर्ण विद्यालयका शिक्षकलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइदै
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १७ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकहरुलाई सामुदायिक विद्यालयले बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका सवालहरुलाई प्रभावकारी रुपमा समावेश गर्न दुई दिने तालिम बुधबारदेखी सञ्चालन गरिएको छ ।
तालिममा विद्यालय सुधार योजना निर्माण सम्बन्धी दक्षता अभिवृद्धि गर्ने, विपद्का सवालहरुको प्रभावकारी रुपमा सम्बोधन गरी समाधानका उपायहरु पहिल्याउने, विद्यालयमा रहेको विपद्को सम्भावित जोखिमहरुको पहिचान गर्ने तथा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने गरी प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा आयोजित तालिममा सामुदायिक विद्यालयहरुले पाँच बर्षको योजनासहित बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका योजनाहरुलाई समेत समेट्नु पर्ने भएकोले प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकलाई तालिम दिइएको जनाइएको छ ।
तालिममा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सुरुङ्गा नगरपालिकाका शिक्षा शाखाका भोगेन्द्र कुमार यादव, युनिसेफका नथुनी मोचीले सहजीकरण गरेका छन् । उक्त अवसरमा युनिसेफका मेघराज मगरले सामाजिक ब्यवहार परिवर्तन परिवर्तन सम्बन्धमा सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ