News Category 2079/11/03
तिलाठीका सम्पूर्ण विद्यालयका शिक्षकलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइदै
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १७ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकहरुलाई सामुदायिक विद्यालयले बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका सवालहरुलाई प्रभावकारी रुपमा समावेश गर्न दुई दिने तालिम बुधबारदेखी सञ्चालन गरिएको छ ।
तालिममा विद्यालय सुधार योजना निर्माण सम्बन्धी दक्षता अभिवृद्धि गर्ने, विपद्का सवालहरुको प्रभावकारी रुपमा सम्बोधन गरी समाधानका उपायहरु पहिल्याउने, विद्यालयमा रहेको विपद्को सम्भावित जोखिमहरुको पहिचान गर्ने तथा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने गरी प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा आयोजित तालिममा सामुदायिक विद्यालयहरुले पाँच बर्षको योजनासहित बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका योजनाहरुलाई समेत समेट्नु पर्ने भएकोले प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकलाई तालिम दिइएको जनाइएको छ ।
तालिममा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सुरुङ्गा नगरपालिकाका शिक्षा शाखाका भोगेन्द्र कुमार यादव, युनिसेफका नथुनी मोचीले सहजीकरण गरेका छन् । उक्त अवसरमा युनिसेफका मेघराज मगरले सामाजिक ब्यवहार परिवर्तन परिवर्तन सम्बन्धमा सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ