News Category 2079/11/03
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख नरेन्द्र कुमार कार्कीले शान्ति सुरक्षाको प्रत्याभूति आफ्नो पहिलो प्रथमिकतामा रहेको बताएका छन् ।
प्रहरी प्रमुख भएर भर्खरै जिल्ला आएका उनले बुधबार जिल्ला प्रहरी कार्यालयको सभाकक्षमा संचारकर्मीहरुसित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उनले यस्तो बताएका हुन् ।
शान्ति सुरक्षा पहिलो प्राथमिकतामा राखेकोले यसको प्रत्याभूति दिलाउन चालिने हरेक पाइलामा सबैको सकारात्मक सहयोगको अपेक्षा उनले गरेका छन् । उनले खुला सिमानाका कारण हुने चोरी तस्करी नियन्त्रण आफ्नो दोश्रो प्राथमिकतामा राखेको बताउँदै यसका लागि सीमानाकामा खटिने प्रहरीलाई विशेष निर्देशनसहित परिचालन गरिने र भन्सार छलेर ल्याइएका अवैध सरसामान समात्ने प्रहरीलाई पुरस्कृत गरिने योजना समेत बनाइएको जानकारी दिए ।
जनता र प्रहरीबीच आपसी सम्बन्ध प्रगाढ बनाउन प्रहरीलाई व्यवहारिक ज्ञान समेत दिन लागिएको उनले बताए । उनले सुरक्षित समाज तथा अपराध नियन्त्रणका लागि प्रत्येक पालिकामा सिसि टिभि क्यामरा जडान तथा विद्युतको पहुँच आवश्यक रहेको तर्क दिँदै यसको व्यवस्थापनका लागि संचारकर्मीहरुले समेत सम्बन्धीत पालिका प्रमुखसँग पहल गरिदिन आग्रह गरे ।
संचारकर्मीहरुले सुचनामा पहुँच, पत्रकारहरुको सम्मान र सुरक्षा, चोरी तस्करी, लागु औषध ओसारपोसार, मिटर ब्याजी, विद्यालय आसपास खोलिएका मदिरा पसलमा रोक, ट्राफिक ब्यवस्थापन तथा जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने लगायतका विभिन्न विषयमा आ–आफ्ना गुनासा र सुझाव राखेका थिए ।
जवाफमा उनले सुरक्षा सुधार्ने, समयमा सूचना प्रवाह गर्ने तथा समाजमा ब्याप्त विभिन्न बिकृतीहरु बिरुद्ध प्रहरीले सबै सरोकारवालाको सहकार्यमा समुदायमा सचेतना दिने नीति बनाएको बताए । आफू पत्रकारहरुसँग दुरी होइन् निकटता राख्ने र सत्यतथ्य समाचारको स्वागत गर्ने पक्षमा रहेको दृढता व्यक्त गर्दै उनले सप्तरीका पत्रकारहरुबाट पनि त्यसै प्रकारको सहयोग पाउने विश्वास ब्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंह, इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक राई लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ