News Category 2079/11/03
नेवि संघ र तरुण दलको नवगठित समिति विघटन गर्न भन्दै पत्राचार

दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव प्रभुनारायण चौधरीसहित जिल्लाका चार मध्ये तीन क्षेत्रिय सभापतिसमेतले नवगठित नेवि संघ र तरुण दलको जिल्ला समिति विघटनको माग गर्दै पार्टीको केन्द्रिय समितिमा पत्रचार गरेका छन् ।
केही दिन अघि काँग्रेसका जिल्ला सभापति रामदेव साहले नेवि संघ र तरुण दलको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको नामावलीसहित सार्वजनिक गरेपछि ती समिति कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै काँग्रेसको केन्द्रिय समितिलाई पत्राचार गरिएको बुधबार जारि विज्ञप्तिमा उल्लेख छ ।
क्षेत्र नं. १ का सभापति ललनप्रसाद गुप्ता, क्षेत्र नं. २ सभापति महानन्द प्रसाद यादव र क्षेत्र नं. ३ का सभापति भुपेन्द्र नारायण यादवसमेतको हस्ताक्षरतमा पठाइएको उक्त पत्रमा जिल्ला सभापति साहले पार्टी विधान विपरित उक्त निर्णय गरेको दाबी गर्दै नवगठित नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको जिल्ला कमिटि कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
नेपाली काँग्रेस मधेश प्रदेश, नेवि संघ र नेपाल तरुण दलको केन्द्रिय समितिलाई समेत बोदार्थ दिइएको उक्त पत्रमा जिल्ला कार्य समितिको बहुमतलाई पाखा लगाई सभापति साहले अल्पमतकै आधारमा आसेपासेलाई भातृ संगठनको नवगठित जिल्ला समितिमा राखेर एकलौटी र तानाशाही शैलीले निर्णय गरेको उल्लेख छ । सभापति साहको उक्त निर्णय पार्टीको विधिी विधानको उलंघन मात्र नभई पार्टी संगठनलाई नै कमजोर बनाउने भन्दै पत्रमार्फत उक्त निर्णय अनुमोदन नगर्न केन्द्रिय समितिसँग माग गरिएको छ ।
पार्टी अहितमा गरिएको उक्त निर्णय सच्याउन तत्काल केन्द्रिय समितिबाट आवश्यक पहल नगरिए बाध्य भई अर्को बाटो रोज्ने र यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवार केन्द्रिय समिति र जिल्ला समितिको सभापति नै हुने पत्रमा उल्लेख गरिएको छ ।
यता जिल्ला सभापति साहले विधान बमोजिम नै पार्टी भातृ संगठनहरु गठन गरिएको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ