News Category 2079/11/06
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ मा एक महिलाले शौचालय भित्र आफ्नो शरीरमा आगोलगाई शुक्रबार आत्महत्या गरेकी छिन् ।
सो वडाका राजकुमार साहको ४० वर्षिया श्रीमती राजुदेवीले घरमा कोही नभएको अवस्थामा घर आंगनमै रहेको शौचालयभित्र आफ्नो जिऊमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शौचालयभित्र पसि जिऊमा आगो लगाएको बारे स्थानियले खबर गरेपछि पुगेको प्रहरी टोलीले उनको जलेको अवस्थामा मृत शरीर शौचालय भित्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न नसकेपनि घरायसी विवाद र तनावका कारण ती महिलाले यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्लामा आत्महत्याका घटनामा बृद्धि भइरहेका बेला शुक्रबार थप एक महिलाले आगो लगाई आत्महत्या गरेपछि एक महिनाको अवधीमा आत्महत्या गर्नेको संख्या ८ पुगेको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्ममा भने विष सेवन, झुण्डिएर, पोखरी र नदीमा हामफालेर तथा आगो लगाएर आत्महत्या गर्नेको संख्या ६२ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ