News Category 2079/11/07
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
७३ आंै राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आइतबार सप्तरी सदरमुकाम राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको आयोजना र राजविराज नगरपालिकाको सहयोग तथा समन्वयमा प्रभात फेरी कार्यक्रम तथा वृक्षारोपन गरिएको छ ।
स्थानिय गजेन्द्र चौकदेखी निकालिएको प्रभात फेरी पश्चात् जिल्ला प्रशासन कार्यालय परिसरमा डिभिजन वन कार्यालय सप्तरी सहयोग तथा समन्वयमा फलफूल विरुवा वृक्षारोपण गरिएको जनाइएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय सप्तरीको परिसरमा विभिन्न विरुवा रोपिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा डिभिजन वन कार्यालय सप्तरी राजविराजको सहयोगमा आईतवार आँप, लिचि, मेवा, अनार लगायतका विरुवा रोपेर दिवस मनाइएको हो ।
वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साह, राजविराज नगरपालिकाका कार्यावाहक नगरप्रमुख इसरत परविन, वन कार्यालयका सहायक अधिकृत लक्ष्मण साफीका साथै ३ वटै सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख साहले विरुवाको महत्व संसार मै बढेको बताए । उनले अनियन्त्रित वन फँडानी बढ्दै गएको र यसले जलवायु परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबै मिली यसको संरक्षण गर्नु पर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ