News Category 2079/11/07
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
कबड्डी र फुटवलका पूर्व राष्ट्रिय खेलाडी शिव कुमार साहु “शिवा” अहिले स्वास्थ्य समस्याका कारण घरमै थलिएका छन् । उनको मृगौला र लिवरमा गम्भिर समस्या देखिएको छ ।
मृगौला र लिवरमा क्यान्सर रोग लागेपछि उनी अहिले घरमै थलिएका हुन । आर्थिक अभावका कारण समयमै थप उपचार गराउन नसकेका उनको तत्काल चिकित्सकले दिएका औषधि प्रयोग गरेर मात्र ज्यान थामिएको छ । ७२ वर्षिय शिवा थप उपचारको पर्खाइमा छन् ।
राजविराज ६ का उनी खेलबाट सन्यास लिएपछि कबड्डी र फुटवलका खेलाडीलाई बेला–बेलामा निःशुल्क प्रशिक्षण दिदै आएका थिए । उनी आफ्नो जमानाका उत्कृष्ट खेलाडी थिए ।
पढ्दादेखि नै फुटवल र कबड्डीमा रुची भएका उनी विगतमा सगरमाथा अञ्चलका लागि ४ पटक राष्ट्रिय फुटवल प्रतियोगिता तथा ६ पटक राष्ट्रिय स्तरको कबड्डी प्रतियोगितामा सहभागी भई आफ्नो उत्कृष्ट प्रदर्शन गरीसकेका छन । उनले भारत र बंगलादेशमा भएको दक्षिण एसियाली कबड्डी प्रतियोगितामा समेत नेपाली टोलीबाट प्रतिनिधित्व गरी उत्कृष्ट प्रदर्शनमा गरिसकेका छन् ।
एक वर्ष अघि पेटमा दुःखाई भएपछि उनी काठमाडौंस्थित शिक्षण अस्पतालमा जाँच गराउन पुगेका थिए । त्यहाँ क्यान्सरको आशंका गर्दै चिकित्सकले अन्यत्र जचाउन सल्लाह दिएका थिए । त्यसपछि उनी भारतको बनारस स्थित महात्मा पण्डित मदन मोहन मालविय क्यान्सर सेन्टर र झापाको विर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पताल सम्म पुगे । दुवै ठाउँमा जचाउँदा मृगौला र लिवरमा क्यान्सर भएको निष्कर्ष आयो ।
दुवै ठाउँमा एक÷एक महिनाको उपचार पछी आइतवार घर फर्किएका शिवा अब थप उपचार गराउने अवस्थामा छैनन । अहिलेसम्म उपचार गराउन करिब ९ लाख रुपैयाँ खर्च भइसकेको छ । तर स्थितिमा सुधार हुनुको साटो स्वास्थ्य समस्या झन थपिदै गएको र आर्थिक भार उठाउन सम्भव न भएपछि घर ल्याएको छोरा शेखरले सुनाए । अहिले औषधीमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ ।
चिकित्सकहरुले पनि अब घरमै राख्नु भनी सल्लाह दिएका छन् । उनको आर्थिक अवस्था कमजोर छ । जेठो छोरा शेखर र कान्छो छोरा शम्भु ऋण सापटी लिएर भएपनि अहिलेसम्म जसोतसो बुवा उपचार गराएका छन् ।
बिरामी परेका अवस्थामा वर्तमान र पूर्व खेलाडीलाई राज्य पक्षबाट हुने वेवास्ता देखेर भने आफु थप दुःखी भएको शिवा बताउँछन् । उनी भन्छन्– राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जितेको मलाई त सरकारबाट कुनै सोधपुछ छैन भने मेडल जित्न न सकेका खेलाडी घाइते र बिरामी भए भने त्यसको हाल के होला ?
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ