News Category 2079/11/07
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
कबड्डी र फुटवलका पूर्व राष्ट्रिय खेलाडी शिव कुमार साहु “शिवा” अहिले स्वास्थ्य समस्याका कारण घरमै थलिएका छन् । उनको मृगौला र लिवरमा गम्भिर समस्या देखिएको छ ।
मृगौला र लिवरमा क्यान्सर रोग लागेपछि उनी अहिले घरमै थलिएका हुन । आर्थिक अभावका कारण समयमै थप उपचार गराउन नसकेका उनको तत्काल चिकित्सकले दिएका औषधि प्रयोग गरेर मात्र ज्यान थामिएको छ । ७२ वर्षिय शिवा थप उपचारको पर्खाइमा छन् ।
राजविराज ६ का उनी खेलबाट सन्यास लिएपछि कबड्डी र फुटवलका खेलाडीलाई बेला–बेलामा निःशुल्क प्रशिक्षण दिदै आएका थिए । उनी आफ्नो जमानाका उत्कृष्ट खेलाडी थिए ।
पढ्दादेखि नै फुटवल र कबड्डीमा रुची भएका उनी विगतमा सगरमाथा अञ्चलका लागि ४ पटक राष्ट्रिय फुटवल प्रतियोगिता तथा ६ पटक राष्ट्रिय स्तरको कबड्डी प्रतियोगितामा सहभागी भई आफ्नो उत्कृष्ट प्रदर्शन गरीसकेका छन । उनले भारत र बंगलादेशमा भएको दक्षिण एसियाली कबड्डी प्रतियोगितामा समेत नेपाली टोलीबाट प्रतिनिधित्व गरी उत्कृष्ट प्रदर्शनमा गरिसकेका छन् ।
एक वर्ष अघि पेटमा दुःखाई भएपछि उनी काठमाडौंस्थित शिक्षण अस्पतालमा जाँच गराउन पुगेका थिए । त्यहाँ क्यान्सरको आशंका गर्दै चिकित्सकले अन्यत्र जचाउन सल्लाह दिएका थिए । त्यसपछि उनी भारतको बनारस स्थित महात्मा पण्डित मदन मोहन मालविय क्यान्सर सेन्टर र झापाको विर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पताल सम्म पुगे । दुवै ठाउँमा जचाउँदा मृगौला र लिवरमा क्यान्सर भएको निष्कर्ष आयो ।
दुवै ठाउँमा एक÷एक महिनाको उपचार पछी आइतवार घर फर्किएका शिवा अब थप उपचार गराउने अवस्थामा छैनन । अहिलेसम्म उपचार गराउन करिब ९ लाख रुपैयाँ खर्च भइसकेको छ । तर स्थितिमा सुधार हुनुको साटो स्वास्थ्य समस्या झन थपिदै गएको र आर्थिक भार उठाउन सम्भव न भएपछि घर ल्याएको छोरा शेखरले सुनाए । अहिले औषधीमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ ।
चिकित्सकहरुले पनि अब घरमै राख्नु भनी सल्लाह दिएका छन् । उनको आर्थिक अवस्था कमजोर छ । जेठो छोरा शेखर र कान्छो छोरा शम्भु ऋण सापटी लिएर भएपनि अहिलेसम्म जसोतसो बुवा उपचार गराएका छन् ।
बिरामी परेका अवस्थामा वर्तमान र पूर्व खेलाडीलाई राज्य पक्षबाट हुने वेवास्ता देखेर भने आफु थप दुःखी भएको शिवा बताउँछन् । उनी भन्छन्– राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जितेको मलाई त सरकारबाट कुनै सोधपुछ छैन भने मेडल जित्न न सकेका खेलाडी घाइते र बिरामी भए भने त्यसको हाल के होला ?
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ