News Category 2079/11/07
योजना माग्दै जनमतका सांसदहरु जनताको घरदैलोमा
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
सप्तरीबाट निर्वाचित जनमत पार्टीका संघीय र प्रदेश सांसदहरु अहिले आफ्नो क्षेत्रको विकास बारे जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् ।
सो पार्टीले “दलान दलील” नाम दिएर सुरु गरेको उक्त कार्यक्रम अन्तरगत जनमत पार्टीबाट सप्तरीको क्षेत्र न २ बाट प्रतिनिधि सभामा निर्वाचित डा. सिके राउत, सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित प्रदेशसभा सदस्य सतिष कुमार सिंह तथा २ बाट निर्वाचित प्रदेशसभा सदस्य एवं मधेश प्रदेश सरकारका शिक्षा मन्त्री समेत रहेका महेश प्रसाद यादवले आ–आफm्ना निर्वाचन क्षेत्रमा खटिएका हुन ।
संघीय सांसद डा. राउतले एक दिनअघि आफ्नो निर्वाचन क्षेत्रबाट उक्त कार्यक्रम शुरु गरेको भोलीपल्टै आइतवारदेखि प्रदेश सभा सदस्य सिंह र यादवले पनि आ–आफ्नो क्षेत्रमा उक्त कार्यक्रम शुरु गरेका हुन् । जनताको घर–घर, दलान–दलील सम्म पुगी योजना माग्ने भएकाले यो कार्यक्रमलाई दलान दलील नाम दिएको उनले बताए ।
दलाल दलील कार्यक्रमका क्रममा राजविराजमा आयोजित कार्यक्रमबाट बोल्दै मधेश प्रदेशका शिक्षा मन्त्री समेत रहेका यादवले योजनाको प्रकृती हेरेर प्रदेशसभा र प्रतिनिधि सभामा लैजाने योजनाहरु छनौटका लागि उक्त कार्यक्रम थालिएको बताए । कार्यक्रम मार्फत जनतासँगे छलफल गरी योजनाहरु माग्ने तथा प्राथमिक्ताका आधारमा कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।
विगतमा विकास निर्माणका लागि योजनाहरु व्यक्तिगत लाभ तथा आसेपासे, आफन्त र नजिकका ठेकेदारलाई दिने प्रवृतिका कारण ठोस निर्माण कार्य हुन नसकेको तथा भएका थोर बहुत कामबाट पनि सिमित व्यक्ति लाभान्वित भएको पाइएकोले आफुहरुको पालामा धेरै भन्दा धेरै जनताले विकासको लाभ र अनुभूति गर्न पाओस् भने उद्देश्यले यस्तो कार्यक्रम रोजिएको उनको भनाइ छ ।
कार्यक्रम अन्तरगत अधिकांश जनताले सडक, शिक्षा, स्वास्थ, मल–खाद्य, रोजगारी लगायतका समस्या र योजनाहरु अघि सार्ने गरेको सो पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ