News Category 2079/11/09
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको तीन वटा वडामा ग्रामीण महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाको वडा नं. ३ सकरपुरा, वडा नं. ४ कोइलाडीको चट्टीटोल, कुशहाको मुसहरि टोल र मुखिया टोल तथा वडा नं. ५ को. बर्साइनको बर्साइन, कुशहा, साह पंडित टोल र राय टोलमा उक्त कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिए ।
तीन वटै वडाका छनौटमा परेका टोलका दलित तथा अतिविपन्न परिवारहरु चयन गरी महिलाहरुका लागि आर्थिक सशक्तिकरणको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष मण्डलले बताए ।
संयुक्त राष्ट्र संघीय निकायहरु विश्व खाद्य कार्यक्रम, युएनओमन, खाद्य तथा कृषि संगठन र आईएफएडिको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाको तीन वटा वडाका दलित तथा अतिविपन्न परिवारलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल तथा वडा अध्यक्षहरु र संयुक्त राष्ट्र संघीय निकायहरु विश्वखाद्य कार्यक्रम, युएनओमन, खाद्यतथा कृषि संगठन र आईएफएडिका प्रतिनिधीहरुको मंगलबार सम्पन्न बैठकबाट कार्यक्रम सञ्चालन गरिने वडाहरु चयन गरिएको कार्यक्रम अधिकृत झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ