News Category 2079/11/09
अवैध सरसामानसहित एक पक्राउ

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
जिल्लाको छुट्टाछुट्टै स्थानबाट भन्सार छलेर ल्याइएका अवैध सरसामानसहित, दुई मोटरसाइकल र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार सोमबार राती डाक्नेश्वर नगरपालिका १० स्थित सडक खण्डमा स९प९४२६ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराहरुसहित सोही नगरपालिका ३ बस्ने शनिकुमार सदाय पक्राउ परेका छन् ।
यस्तै सोमबार राती नै भारतबाट भन्सार छलेर को६प ३००३ नम्बरको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको ४० हजार ५ सय मुल्य बराबरको टेन्ट र पण्डालका कपडाहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकलमा सवार व्यक्ति भने प्रहरी देख्नासाथ मोटरसाइकल छाडेर भागेको प्रहरीको भनाई छ । बरामद सामान, मोटरसाइकल र एक जना तस्करलाई आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ