News Category 2079/11/09
सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सडक दुर्घटनामा दुई बालिकासहित चार जना घाइते भएका छन् ।
जिल्लाको महदेवा गाउँपालिका १ बल्थि मुसहरी टोलस्थित ग्रामिन सडकमा मोटरसाइकलको ठक्करबाट स्थानिय अजय सदाकी ३ वर्षिया छोरी राग्नि सदा घाइते भएकी छिन् ।
बाटो काट्ने क्रममा उत्तर दिशाबाट दक्षिण पकरीतर्फ आउदै गरेको स८प ८२८६ नं.को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी सदालाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाकै रुपनी गाउँपालिका १ रुपनी राजविराज सडक खण्डमा विंगरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी हवलदार घाइते भएका छन् ।
राजविराजबाट रुपनी तर्फ आउदै गरेको स१ज६०४ न.को विंङ्गरले विपरित दिशाबाट आउँदै गरेको स.६प.५७२१ न. को मोटरसाइकललाई ठक्कर दिदाँ राजविराज १६ बोरिया निवासी देवनारायण यादव घाइते भएका छन् । यादव ईलाका प्रहरी कार्यालय कवि दरबार बारामा प्रहरी हवल्दार पदमा कार्यरत छन् ।
घाईते यादवलाई उपचारका लागी युनिक अस्पाताल रुपनीपछि थप उपचारका लागी बिराटनगरस्थित अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि जिल्लाकै कंचनरुप नगरपालिका ११ गोरपारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ३ वर्षिया बालिकालाई ठक्कर दिएको छ । बाटोमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा स्थानिय सलेन्द्र सरदारकी ३ वर्षिया छोरी अनुराधा कुमारी सरदार घाइते भएकी हुन् । घाइते भएकी बालिकालाई थप उपचारका लागी बिराटनगर लगिएको प्रहरीले जनाएको छ ।
यसैगरि राजविराज वडा नं. १० खाडो पुलस्थित लोहजराबाट राजविराज तर्फ जादै गरेको स.१ ह.३७९० न.को अटो आफै अनिन्त्रित भई दुर्घटना भएको छ ।
सो दुर्घटनामा अटोमा सवार तीन व्यक्ति घाइते भएको तथा उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले चार वटै दुर्घटनामा प्रयोग भएको सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई घट्नाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ