News Category 2079/11/11
आगो ताप्ने क्रममा जलेर गम्भिर घाईते भएकी महिलाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिकामा आगो ताप्ने क्रममा साडीमा आगो लागेर गम्भीर घाईते भएकी एक महिलाको उपचारको क्रममा बुधवार विहान मृत्यु भएको छ ।
सो गाउँपालिका ३ मटिगढा निवासी बन्दीलाल भगतकी ५० वर्षिया श्रीमती द्रोपदी कुमारी भगतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फागुन ३ गते विहान घर नजिकै आगो ताप्दै गर्दा उनले लगाएको साडीमा अचानक आगो सल्केर उनी गम्भीर घाईते भएकी थिइन । स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा प्रारम्भीक उपचार पछी उनलाई धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिानमा भर्ना गरिएको थियो । त्यहाा केही सुधार भएपछी २ दिन अघी उनलाई आफन्तले घर ल्याएका थिए ।
तर फेरी स्थास्थ्यमा समस्या देखिएपछी उनलाई उपचारका लागी बोदेबर्साइन नगरपालिका स्थित नयना हेल्थ केयर डियोलोजेस्टिक अस्पतालमा भर्ना गरिएकोमा उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा उक्त दुःखद घटना भएको भन्दै प्रहरीले आवश्यक सर्तकता अपनाउन सबै संग अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ