News Category 2079/11/11
झगडा छुटाउन गएका छिमेकी कुटिए, अर्को घटनामा एक घाइते
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
काका भतिजाबीच भइरहेको झगडा छुटाउन गएका एक छिमेकी काकाबाट कुटिएका छन् ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ मोहनपुर निवासी ४२ वर्षिय दिल बहादुर राणा मगर (काका) र निजका भतिजा ३५ वर्षिय सुभाष मगरबीच बुधबार भइरहेको झगडालाई छुटाउन गएका छिमेकी ३६ वर्षिय रोहित कुमार खडका कुटिएका हुन् ।
मादक पदार्थ सेवन गरि झगडा गरिरहेका काका भतिजालाई छुटाउन गएका छिमेकी खडकालाई काका दिल बहादुर राणा मगरले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका खडकालाई तत्काल उपचारका लागी अस्पताल भनाई गरिएको छ ।
यता कुटपिट गर्नेहरुको खोजतलास तथा घट्ना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको राजगढ गाउँपालिका घर भई हाल राजविराज ४ मा डेरा गरि बस्ने ३३ वर्षिय चन्द्रबिर यादबलाई चार जनाले कुटपिट गरि घाइते बनाएका छन् ।
प्रहरीका अनुसार चन्द्रबिरलाई विष्णुपुर गाउँपालिका १ बस्ने कृष्ण देब यादब, धिरेन्द्र यादब, पशुपति यादब र राम यादबले कुटपिट गरी घाईते बनाएको हो ।
कुटपिटबाट घाइते भएका चन्द्रबीरलाई उपचारका लागी छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरिएको तथा कुटपिट पश्चात् फरार रहेका चारै जनाको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ